
मुलुक डेस्क, महोत्तरी । २०७८ साउन ६, बुधबार
महोत्तरीको मटिहानी नगरपालिकाले पौराणिक र ऐतिहासिक महत्व बोकेको लक्ष्मी नारायण पोखरीमा साप्ताहिक लक्ष्मी नारायण भगवानको संध्या महाआरती शुभारम्भ भएको छ । दुल्ही(बेहुली) जस्तै सिंगारिएको उक्त महाआरतीमा प्रदेश सांसद राम अशिष यादव, जानकी मन्दिरका महन्थ, प्रमुख जिल्ला अधिकारी लगायत उपस्थिति रहेको थियो ।
मन्त्रोच्चारण र ध्वनीमिश्रित आरतीले भक्तिमय र संगीतमयको वातावरण गुन्जयमान थियो । करिव दुई करोडको लागतमा सौन्दर्यिकरण गरिएको लक्ष्मी नारायण पोखरीमा मंगलवार राती विधि पुर्वक विशिष्ट महाआरती प्रारम्भ भएको हो । मटिहानी नगरपालिकाका मेयर हरि प्रसाद मण्डलको महत्वाकांक्षी योजना अन्तर्गत मटिहानीको धार्मिक र ऐतिहासिक महत्वलाई अझै फैलाई धार्मिक र पर्यटकिय आगन्तुक भित्र्याउने उदेश्यका साथ सुरु गरिएको साप्ताहिक महाआरतीमा सहभागी विशिष्ट अतिथिहरुलाई मेयर मण्डलले गमछा ओढाई स्वागत गरेका थिए ।

महोत्तरी आउने हरेक आगन्तुक र अतिथिको चाहना एक पटक मटिहानी स्थानको दर्शन र गुरुकुलको अवलोकन गर्ने हुन्छ ।दुवैको मध्यमा रहेको लक्ष्मी नारायण पोखरी सुन्दर र सकारात्मक उर्जाको सम्वाहकको प्रतिक रहेको छ् । माता सीताको विवाहमा यहि पोखरीमा भएको माटाे प्रयोग गरिएको थियो । यहि पोखरीमा फेला परेको लक्ष्मी नारायणको मुर्तिले यस पोखरीको धार्मिक र पुरातात्विक महत्व निक्कै वढाएको छ् । विगतमा यो पोखरी ओझेलमा पर्दै आएकोमा महाआरतीले पुनः यहाँको महत्वलाई अझै फैलाउने छ् । महाआरती प्रत्येक साताको विहिवार हुनेछ् ।