May be an image of 1 person and indoor

मुलुक डेस्क, रौतहट । २०७८ साउन ५, मंगलबार

रौतहट राजदेवी नगरपालिकाको उपमेयर तथा आगामी स्थानीय चुनावमा मेयरका प्रत्यासी अंशु सिंहले अधिकृतलाई उनकै कार्यकक्षमा ३ घण्टा तालाबन्दी गरेकी छिन् । जिल्लामा रहेको १८ स्थानिय निकायमध्ये राजदेवी एकमात्र यस्तो नगरपालिका हो, जहाँ करिब ४ वर्ष वित्न लाग्दा समेत नगरप्रमूख, उपनगरप्रमूख र अधिकृतको बीच आपसी तालमेल मिल्न नसक्दा हालसम्म गतिरोध उत्पन्न छ् ।

यसै क्रममा आज मंगलवार राजदेवी नगरपालिकाका उपमेयर अंशु सिंहले अधिकृत सुबोध साहको कक्षमा तालाबन्दी गरेकी हुन् ।राजदेवी नगरपालिकामा गत असार ७ गते नगरसभा सम्पन्न भएको थियो । तर नगरसभा र कार्यपालिकाको बैठकको प्रतिवेदनको प्रतिलिपि भने अहिले सम्म उपमेयरले माग गर्दा पनि मेयर धिरेन्द्र सिंह र अधिकृत साहले आलटाल गर्दै आएका छ्न् ।

May be an image of 1 person and sitting

उप्रमुख अंशु सिंहले पटक पटक कार्यपालिका र नगरसभाको बैठकको माईन्युटको प्रतिलिपिका माग गर्दा समेत प्रतिलिपि नपाएको कारण उप्रमुख सिंहले अधिकृतलाई उनकै कार्यकक्षमा थुनेकी थिइन् ।

उपमेयर सिंहका अनुसार “नगरसभा सम्पन्न पश्चात् मैले असार १८ गते नगरप्रमुख सिंहको समक्ष प्रतिलिपिको मागँ गर्दै निवेदन दर्ता गराएको थिए । ततपश्चात् अधिकृतसँग प्रतिलिपिको लागि सोधपुछ गर्दा कागजपत्र तयार छैन, सहि बाँकि छ भन्दै नानाथरिका बहाना बनाई असार २२ मा दिने वाचा गरे ।” तर हालसम्म नदिएकोले बाध्य भई उक्त कदम चालेको उनले प्रष्ट पारिन् ।

आज मंगलवार अधिकृतलाई प्रतिलिपिको बारेमा सोधपुछ गर्दा मेयरले राखेको बताए । तत्कालै मेयर आएपछि अधिकृत सँग पुनः प्रतिलिपिको बारेमा सोधपुछ गर्दा प्रतिलिपि नदिने भन्दै दादागिरि शैलीमा जवाफ फर्काए ।

घण्टौको विवाद पछि जनप्रतिनिधि लगायत पत्रकारसामु अधिकृत साहले प्रतिलिपि ७ गते दिन्छु भनी वाचा गरे । उप्रमुख सिंहले सहमती जनाउँदै तोकिएको समयमा प्रतिलिपि नपाए पुनः अधिकृतको कक्षमा तालाबन्दी गर्ने बताइन् ।

Leave a Reply

Your email address will not be published.