मुलुक डेस्क, ईलाम । २०७८ साउन ५, मंगलबार
इलाम नगरपालिका वडा नं.१ किटिडाँडा बस्ने तेज बहादुर गुरुङको टिनको छानो पक्कि बेरा भएको ३ तले घरमा बिधुत सर्ट भई भयावह आगलागि हुदा उक्त घर पुर्ण रुपमा जलि नस्ट भएको छ् ।
ईलाममा भएको आगलागिबाट करिब आधा करोड बराबरको क्षति भएको छ् । मानबिय एवं चौपाय क्षति नभएको विवरणले केही राहत भए पनि घर र सामानको पुर्न क्षति भएको छ् ।
अस्थाई प्रहरी पोष्ट नेपालटारबाट प्रहरी हवलदारको कमाण्डमा र प्रहरी चौकी रक्सेबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा तत्काल टोलि खटि गई उक्त आगलगिलाई नेपाल प्रहरी, दमकल र स्थानियको सहयोगमा साँझ ६ बजेको करिब पुर्ण रुपमा नियन्त्रण गरेएको थियो ।