May be an image of tree and body of water

मुलुक डेस्क, सप्तरी । २०७८ साउन ५, मंगलबार

पछिल्लो समय लगातार पानी परि रहेको छ । निरन्तरको वर्षापछि आएको बाढीले सप्तरीको सप्तकोशी नगरपालिका–४ मा रहेको चन्द्रनहर भत्केको छ ।

मुलुककै पहिलो र पुरानो नहरका रुपमा चिनिएको सप्तरी जिल्लाको चन्द्र नहर भत्केपछि झण्डै पाँच सयभन्दा बढी घर डुबानमा परेका छन् ।पहाडी क्षेत्रका खोलानालाबाट हालै एक्कासि आएको पानीले अमहा, टेङ्ग्रालगायत खोलमा आएको बाढीले दुई ठाउँमा चन्द्रनहर भत्काएको मेयर उत्तम गौतमले जानकारी दिए ।

उहाँका अनुसार दुई ठाउँमा गरी झण्डै ५० मिटर नहर भत्किएको छ । बाढी बस्तीमा पस्दा सप्तकोशी नगरपालिकाका १, २, ४ र ११ वडाका ३ सय घर डुबानमा परेका छन् ।

यस्तै, बाढीले तिलाठी–कोइलाडी गाउँपालिका–७ मंसापुर र वडा नम्बर ५ बरसाइनका केही घर डुबाएको छ । गाउँपालिका अध्यक्ष सतीशकुमार सिंहका अनुसार वडा नम्बर ७ को मंसापुर र वडा नम्बर ५ को बरसाइनका झण्डै २ सय ७५ घर डुबेका छन् ।

तिलाठी–कोइलाडी–८ तोपा बस्तीका २५ घरसमेत डुबानमा परेका छन् ।निरन्तरको वर्षाका कारण जिल्लाका नदीहरूमा जलस्तर बढिरहेको छ । यस्तै, सप्तकोशी, त्रियुगा, महुली, खाँडौ, बलानलगायत नदीमा बाढीको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *