May be a closeup of 1 person

मुलुक डेस्क, काठमाडौं । २०७८ साउन ५, मंगलबार

ओरेकले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार निषेधाज्ञा सुरु भएको वैशाख १६ देखि असार ३१ गतेसम्म अर्थात ७८ दिनमा ६३ जिल्लाहरूबाट ६८० जना महिला तथा बालबालिका हिंसाको सिकार भएका छन् ।

“निषेधाज्ञाको मारमा सारा विश्व जगत सहित नेपाल पनि नराम्रो गरि परेको छ । बेरोजगारी प्रमुख समस्या बनेको छ । बाध्यताले घरमै बस्नु पर्ने अर्को कारण छ । आर्थिक, सामाजिक र मानसिक पिडाका कारण अधिकांश घरमा घरेलुु हिंसा बढेको छ ।

महिला पुनस्र्थापना केन्द्र (ओरेक) ले निषेधाज्ञाको अवधिमा महिलामाथि भएको हिंसाका घटनाहरूको तथ्यांक सार्वजनिक गरेको छ ।

ओरेकले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार निषेधाज्ञा सुरु भएको वैशाख १६ देखि असार ३१ गतेसम्म ६३ जिल्लाहरूबाट ६८० जना महिला तथा बालबालिका हिंसाको सिकार भएका छन् ।

उक्त घटनाहरु ओरेकले सञ्चालन गरेको २ वटा हटलाइन, मनोविमर्श कर्ता, महिला मानव अधिकार रक्षक, साझेदार महिला सामुदायिक संघसंस्थाहरूले संकलन गरेका हुन् ।

यी मध्ये १६३ घटनाहरु सञ्चार माध्यमबाट संकलन गरिएको ओरेकले जनाएको छ जबकि अन्य कतिपय घटनाहरुसार्वजनिक हुनै पाएको छैन ।

No photo description available.

Leave a Reply

Your email address will not be published. Required fields are marked *