May be an image of 4 people

मुलुक डेस्क, काठमाडौं । २०७८ साउन ५, मंगलबार

काठमाडौं-नेपालका लागि भारतीय दूतावासले भारतका विभिन्न विश्वविद्यालयमा नेपाली विद्यार्थीलाई मेरिटका आधारमा दिइने पूर्ण छात्रवृत्तिका लागि आह्वान गरेको छ।

अन्डरग्याजुएट प्रोग्राम बिई इन्जिनीयरिङ, फार्मेसी, कृषि, खाद्य प्रविधि, बिएस्सी नर्सिङका लागि आवेदन मागेको हो।

सन् २००७ देखि भारतका उत्कृष्ट विश्वविद्यालय, कलेज र संस्थामा उच्च शिक्षाका विद्यार्थीलाई गुणस्तरीय शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको वाइड रेन्ज कन्सल्टेन्सीले पत्रकार सम्मेलन गरी सोमबार जानकारी दिएको हो।

शैक्षिक सत्र सन् २०२१–२२ का लागि भर्ना प्रक्रिया अगाडि बढाउने समयमा सो कन्सल्टेन्सीले कम्पेक्स स्कलरशिपका लागि अगस्त चार तारिखसम्म आवेदन दिन सकिने जनाएको छ।

कक्षा १२ मा ६० प्रतिशत नतिजासहित उत्तीर्ण र परीक्षा दिएका दुवै वर्गका विद्यार्थीले यो स्कलरशिपको जाँच दिन सक्ने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *