
मुलुक डेस्क, बगदाद । २०७८ साउन ५, मंगलबार
इराकको राजधानी बगदादमा एक्बव्यस्त बजारमा भएको बम विस्फोटनमा कम्तीमा २५ जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको सुरक्षा स्रोतहरूले जनाएका छन्। सर्वसाधारणहरूले मङ्गलवार मुस्लिम पर्व इदको तयारी गरिरहँदा उत्तरी साड सहर क्षेत्रमा विस्फोटन भएको हो।पछिल्लो छ महिनामा त्यहाँ भएको यो सबैभन्दा घातक विस्फोटन हो।
इस्लामिक स्टेट (आईएस) समूहले घटनाको जिम्मेवारी लिएको छ। इराकी सरकारले सन् २०१७ को अन्त्यमा सुन्नी मुस्लिम जीहादी समूहमाथि विजयी भएको घोषणा गरेको थियो।
इराक र सिरियामा अमेरिकाको हवाई आक्रमण
कोभिडका बिरामी भएका बगदादको अस्पतालमा भयानक आगलागी तर पनि गोप्य रूपमा केही सदस्यले सानातिना घटनाहरू गराउँदै आएका थिए।
गत एप्रिलमा चार जनाको मृत्यु हुने गरी गरिएको कार बम हमलामा पनि आफ्नो हात रहेको आईएसले जनाएको थियो। उसले गत ज्यानुअरीमा ३२ जनाको ज्यान जाने गरी गरिएको आक्रमणको पनि जिम्मा लिएको छ।
त्यो राजधानी बगदादमा पछिल्लो तीन वर्षमा भएको सबैभन्दा घातक बम आक्रमणको घटना थियो।सुरक्षा स्रोतहरूले समाचार संस्था रोयटर्सलाई बताए अनुसार सोमवारको आक्रमणमा मारिनेहरूमा महिला र बालबालिका पनि थिए। केही पसलहरूमा आगलागी भएको उनीहरूले बताएका छन्।