May be an image of outdoors

जुगेश दास, सुनसरी । २०७८ साउन ४, सोमबार

श्रावण महिनालाई विशेषरुपमा भगवान् शिवको विशेष महिना मान्ने गरिन्छ । श्रावन महिना लाई धार्मिक आस्थाका साथै विशेष गरि भगवान शिव सङ्ग जोडिएकाले यस महिना लाई शिवको महिना पनि भनिएको हो। सबै महिनाहरु मध्ये यस महिना लाई पवित्र महिनाको रूपमा मान्ने गरिन्छ ।

श्रावण महिनामा भगवान शिव सङ्ग आस्था राखने हिन्दु धर्मलम्बिहरु देशभरका शिवालयहरुमा पुजा पाठ ,आर्धना ,व्रत उपन्यास गर्ने भक्तजनहरुको शिवालयमा विशेष भीड लाग्ने गर्छ । साथै श्रावण महिना लाई शिवजीको महिना र सोमबारलाई शिवको बार भनिन्छ ।

यसै कारणले श्रावण महिनाको प्रत्येक सोमबार देशभरका शिवालयहरुमा भक्तजनको विशेष भीड लाग्छन । खास गरि काठमाडौको पशुपतिनाथ , धरानको पिण्डेश्वर ,भारतको बैजनाथ धाम लगायतका शिवालयहरुमा भक्तजनहरुको भिड लाग्ने गर्छ।

May be an image of 2 people, people standing and outdoors

शिव पुजनका लागि पुजामा विशेष रूपमा बेलपत्र ,धतुर फुल,गाजा,भाङ्ग चम्पाको फुल,गाइको दूध शिव लिङ्गमा चढाउनाले शिव छिटो प्रसंग हुने विश्वास रहेको छ । यस महिनामा विवाहित महिलाहरू हातमा हरियो चुरा, मेहदी ,हरियो,रातो कपडा लगाउने गालामा पोते लगाउनाले पतिको आयु बढने र अविवाहित महिलाहरूले लगाएमा मनले चिताएको पूरा हुने धार्मिक विश्वास तथा मुल्यमान्यता रहेको छ ।

भने अर्कोतिर हरियो चुरा , मेहदी, गालामा हरियो पोते नयाँ पुस्ताका लागि फेसन बन्न पुगेका छ्न। गत बर्ष पनि कोरोना महामारीको कारण श्रावण महिनामा देखिने उत्साह तथा चहल पहल निकै नै घटेको देखिएको थियोे । भने यस वर्ष कोरोना भाइरसको नयाँ भेरियन्टसहितको सङ्क्रमणका कारण श्रावण महिनाको तेति चहल पहलमा कमि आउने सम्भावना देखिन्छ ।

शहर बजार तथा सबै सवारी साधन खुलेपनि स्वास्थ्य सुरक्षाका विधि अपनाएर भौतिक दूरी कायम गर्दै पर्व मनाउनु पर्नेमा प्रशासनले जोड दिइएकोले यस बर्ष पनि श्रावण महिना खासै तेति उत्साह जनक नहुने भएकोे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *