No description available.

मुलुक डेस्क, पर्सा । २०७८ साउन ३, आइतबार

ऋतु गुप्ताले रचना गरेको ‘बाँकी छैन पाउन’ बोलको गीत हाइलाइट्स म्युजिक नामक युट्युब च्यालनबाट सार्वजनीक भएको हो । कुनै एक लाई निस्वार्थ प्रेम गर्न सके अरु कोही पनि चाँहिदैन भन्ने भाव गीतले बोकेको सर्जक ऋतु गुप्ताको भनाई छ । ऋतु आफैमा गीतकार बाहेक एक बैंकर्स र शिक्षाका पनि हुन् ।

No description available.

बहुआयामिक वक्तित्वका धनी ऋतुले आउँदा दिनमा यस्तै अन्य गीतहरु सार्बजनिक गर्ने सोच राखेकी छिन् । प्रेम र भावको मधुर समिश्रणलाई शब्दको लयमा पिरोल्न माहिर युवा गीतकार गुप्ताको यो पहिलो सार्वजनिक गीत हो। वीरगंजको माटो सुहाउँदो परिवेश र ठाँउ तथा स्थानीय कलाकारलाई समेटेर छायांकन गरिएको यो गीत कर्णप्रिय् एवं मनमोहक रहेको छ ।

No description available.

मनोहर सुनमद्वारा संगीतबद्ध गुप्ताका शब्दलाई गायक सञ्जय सुब्बा र गायिका रिता केसीले आफ्नो सुमधुर स्वरको जादु र मीठासले स्वरबद्ध गरेका छन् । अर्विन्द श्रेष्ठले निर्देशन गरेको यो भिडियोमा रोहित शर्माको छायांकन तथा इडिटींग रहेको छ । चेतन खतिवडाको कथावस्तु रहेको भिडियोमा बिरिज गिरी र मुन्ना महताको कोरियोग्राफी रहेको छ ।

No description available.

वीरगंजको घडिअर्वा पोखरी, भिस्वा डाँडा, आदर्शनगर, भिस्वा होटेल लगायतका रमणीय स्थानहरु लाई भिडियोमा समेटिएको छ् । गीति भिडियोमा कृष्ण सोनी, शिखा कार्की, रोहित मिश्र, राजन चौधरी, सागर शर्मा, सज्जत देवान, बिना प्रजापती, विषया यादव, मनिषा, दिप्ती थापा र प्रतिक्षा थापाले अभिनय गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *