May be an image of 1 person and standing

२०७८ असार २९ | मुलुक डेस्क, काठमाडौं

प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका छन्। प्रधानमन्त्री देउवा शपथ ग्रहणका लागि शीतलनिवास पुगेका हुन्।

तर देउवाले प्रधानमन्त्रीमा नियुक्त गर्ने राष्ट्रपति कार्यालयको पत्रको भाषामा आपत्ति जनाउँदै नसच्याएसम्म शपथ नलिने अडान दोहोर्याएका छन्।राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीमा नियुक्त गरेको पत्र कानुन बमोजिमको नभएको देउवाको अडान छ। अहिले राष्ट्रपतिको कार्यकक्षमैविवाद समाधानका लागि छलफल भइरहेको छ।

राष्ट्रपतिसँगको छलफलमा प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरू सहितको सहभागीता रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *