May be an image of 1 person and standing

२०७८ असार २९| मुलुक डेस्क, काठमाडौँ

शेरबहादुर देउवालाई राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा उल्लेख नगरिकनै प्रधानमन्त्री पदमा नियुक्त गरेकी छन् ।सर्वोच्च अदालतको फैसलाको भोलिपल्ट मंगलबार राष्ट्रपति कार्यालयले विज्ञप्ति निकाल्दै देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेको हो ।

तर विज्ञप्तिमा संविधानको कुनै धारा उल्लेख छैन । नवनियुक्त प्रधानमन्त्री देउवालाई पठाइएको पत्रमा ‘सर्वोच्च अदालतको फैसला बमोजिम उनलाई नियुक्त गरिएको’ मात्रै उल्लेख छ ।

“सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट श्री सर्वोच्च अदालत, संवैधानिक इजलासको मिति २०७८र३र२८ को फैसला बमोजिम प्रतिनिधिसभाका सदस्य एवम् नेपाली कांग्रेस संसदीय दलका नेता माननीय श्री शेरबहादुर देउवाज्यूलाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको छ,” राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।यससँगै कांग्रेस सभापति समेत रहेका देउवा पाचौँ पटक देशको प्रधानमन्त्री बनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *