May be an image of one or more people and people standing

मुलुक डेस्क, काठमाडौं । २०७८ असार २९ मंगलवार

४१ महिना को कार्यकाल पश्चात् प्रधानमन्त्री केपी शर्मा ओली हात उठाउँदै सिंहदरबार र सरकारबाट बाहिरिएका छन । सर्वोच्च अदालतको आदेशपछि पदमुक्त भएका केपी शर्मा ओलीले प्रधानमन्त्रीका रूपमा मंगलबार विदाइ सम्बोधन गरे।विदाइ सम्बोधनका लागि ओली अपरान्ह सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय पुगेका थिए। दुई बजेपछि सुरू भएको उनको सम्बोधनमा ओलीले सर्वोच्च अदालतको फैसलाप्रति आक्रोश पोखे।उनले आफ्नो सरकार ऐतिहासिक रूपमा सफल भएको दाबी पनि गरे।

झन्डै १ घन्टा लामो सम्बोधनका क्रममा ओलीले आफूलाई डेढ वर्षपछि सिंहदरबारमा फर्किन कसैले नरोक्ने दाबी गरे।सम्बोधनपछि उनी सिंहदरबारबाट बाहिरिएका छन्। प्रतिनिधि सभा चुनावपछि झन्डै दुई तिहाइ बहुमतको समर्थनमा ओली २०७४ फागुन ३ गते प्रधानमन्त्री बनेर सिंहदरबार प्रवेश गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *