May be an image of 1 person, standing and sky

मुलु डेस्क, काठमाडौं । २०७८ असार २९

राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल, दर्ताका लागि निर्वाचन आयोगमा दर्ता भएको छ। अजय कुमार झाको नेतृत्वको राजपा नेपाल दर्ता गर्न आयोगमा निवेदन पेश भएको हो। युवा नेता झाले राजपा नेपाल दर्ता गर्न आयोगमा निवेदन परेको स्रोतले जनाएको छ। निवेदन दर्ता नम्बर १५५३ रहेको छ।जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता विवाद चलिरहेको बेला निर्वाचन आयोगमा राजपा दर्ता गर्न निवेदन पुगेकोलाई अर्थपूर्ण मानिएको छ। दर्ता गराउने झा लामो समयदेखि राजनीतिमा सक्रिय व्यक्ति हुन ।

उनी मधेस आन्दोलनमा समेत अग्रपंक्तिमा रहेर सहभागिता जनाएका थिए ।एक वर्षअघि तत्कालीन राजपा र समाजवादी एकीकरण भएर जसपा बनेको थियो। गत वर्ष वैशाख १० गते दुबै दलबीच एकीकरण भए पनि निर्वाचन आयोगमा असार २४ गते दर्ता भएको थियो। एकीकरण भएको दलको नाम र निर्वाचन चिह्न एक वर्षसम्म कानुनअनुसार आयोगले फ्रिज गरेर राख्छ।दल दर्ता भएको एक वर्ष पूरा भएसँगै राजपा दर्ताका लागि आयोगमा निवेदन पुगेको छ।

साउन ३ गते जसपाको दुवै पक्षलाई निर्वाचन आयोगले आधिकारिकतासम्बन्धी सुनुवाइका लागि बोलाएको छ।तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी नेपालबीच भएको एकीकरण प्रारम्भदेखिनै त्रुटीपूर्ण, कपटपर्ण र संविधान तथा कानूनविपरीत रहेको भन्दै उत्प्रेषणको आदेशबाट बदर गर्न मागसहित सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *