नबिलबैंक लिमिटेडले नेशनल एकेडेमी अफ मेडिकल साइन्स (वीर अस्पताल) लागि अत्याधुनिक अक्सिजन प्लान्ट अस्पताललाई हस्तान्तरण गरेको छ । असार २८ गते सोमवार आफ्नो ३७आंै वार्षिकोत्सवको अवसरमा एक औपचारिक कार्यक्रमको वीच उक्त प्लान्ट हस्तान्तरण भयो । नबिलले उक्त प्लान्ट आफ्नो वार्षिकोत्सवको दिन पारेर वीर अस्पताललाई हस्तँन्तरण गर्न सफलभयो । उक्त प्लान्ट स्थापनाकालागि बैंक र अस्पतालवीच गत जेठ ५ गते समझदारी पत्रमा हस्ताक्षर भएको थियो । समझदारी अनुसार नबिल बैंकले ५० क्युबिक लिटर/प्रतिघण्टा क्षमताको अक्सिजन प्लान्ट स्थापनागर्न लाग्ने सम्पूणर् खर्च सहयोग गरेको छ भने अस्पतालले आवश्यक स्थानउपलब्ध गराएको छ ।
कोभिड १९ दोस्रो लहरकोअन्त्य सँगैअहिले विश्वको अन्य मुलुकहरुमा तेस्रो लहर फैलिदै गर्दा, नबिलको यो अक्सिजन प्लान्टले तेस्रो चरणको जोखिमको प्रतिकार्य र विरामीहरुको जीवन रक्षाहुनेअक्सिजनआपूर्ति गरी सहयोग हुने विश्वास बैंकले लिएको छ ।
नबिलबैंक पछिल्लो केही समयदेखीमानव कल्यँणमा निकै आक्रमण रुपले लागि परेको छ । बैंकले आफ्नो संस्थागत सामाजिकउ त्तरदायित्व अन्तर्गत कोभिड १९को महामारी शुरु भएदेखि नै सरकारलाई सहयोग गर्दै आएको छ । गतवर्ष कोभिड १९ को प्रतिकार्यका लागि बैंकले नेपाल सरकारलाई रु. ६ करोड नगद सहयोग गरेको थियो । त्यसैगरीनबिल बैंकले सरकारी निकाय तथा मानवीय क्षेत्रमा कार्यरत विभिन्न संस्थासंग समेत साझेदारी गरी विपद्को पूर्व तयारी र क्षमता विकासका लागि काम गर्दै आएको छ ।
यस अन्तर्गत गतवर्ष स्वास्थ्यतथा जनसंख्या मन्त्रालयसंगको सहकार्यमा सातै वटा प्रदेशमा स्वास्थ्यकर्मीका लागि स्वास्थ्य आपत्कालिन पूर्व तयारी सम्बन्धी एक दिने अभिमुखिकरण सम्पन्नभएको छ । यो अभिमुखिकरणमा सरकारी, गैरसरकारी र मानवीयकार्यमा संलग्नविभिन्न संस्थाका ३ सय ३० जना स्वास्थ्यकर्मीहरुले सहभागिता जनाएका थिए ।
नबिलबैंकले विपद् जोखिम न्यूनिकरण र व्यवस्थापनमा बहुपक्षीय साझेदारीको आवश्यकतालाई मध्यनजर गरी यसमानिजि क्षेत्र पनि एक महत्वपूणर् हिस्सेदार बन्न सक्छ उदाहरण प्रस्तुतगर्दै सरकारसंग यस किसिमको साझेदारी गर्दै आएको छ । आगामी दिनमा नबिलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत् मुलुकको स्वास्थ्य प्रणाली सुधारका लागि लगानी गर्ने बताएको छ । हाम्रो जस्तो वहुविपद्को जोखिमयुक्त देशमा निजि क्षेत्रसहित सम्बन्धित पक्षहरुको निरन्तरको क्रियाशीलताले विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउछ भन्नेमा बैंकको विश्वास छ ।यहिविश्वास अन्तर्गत कोभिड १९ को प्रतिकार्यका लागि बैंकले यस किसिमका सहयोग गरेको र आगामीदिनमापनि यस्ता सहयोगलाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत निरन्तरता दिने जनाएको छ ।