२७ असार २०७८ | राकेश कुमार शर्मा
राजा बन्न भाग्यमा विधाताले लेखेको हुनुपर्छ । जो कोही राजा बन्न सक्दैनन । मुलुकमा श्री ५ महाराजधिराज ज्ञानेन्द्र शाह परिवारहरु बडामहाराजधिराज पृथ्वीनारायण शाह, श्री ५ महेन्द्र शाह र श्री ५ बिरेन्द्र शाह बाहेक राजा बन्न सक्ने आँट, हिम्मत र साहस कसैमा छैन ।
राजा ज्ञानेन्द्र शाहको प्रशंसा गर्दा राजा ज्ञानेन्द्र शाह आउ देश बचाउ भन्दा धेरैले प्रश्न के गर्छन भने के जनताहरु राजा हुन नपाउने भनी राजा ज्ञानेन्द्र शाहको धेरैले विरोध गरेको पाइएको छ । मुलुकमा राजा ज्ञानेन्द्र शाहका परिवारहरु बाहेक राजा बन्न सक्ने मैले आँट, हिम्मत र साहस कसैमा पनि देखिन । हाम्रो मुलुकमा सेनाहरुको संख्या नै लगभग ८० हजार जति छ ।
८० हजार सेनाहरु मध्ये एक से एक अनुभवी र दिग्गज सेनाहरु हुनुहुन्छ एक जनामा पनि राजा बन्न सक्ने आँट, हिम्मत र साहस आएको छैन किन ? न्यायालयहरुमा पनि एक से एक अनुभवी र दिग्गज प्रधानन्यायाधीश र न्यायाधीशहरु हुनु हुन्छ एक जनामा पनि राजा बन्न सक्ने आँट, हिम्मत र साहस छैन किन ? त्यस्तै हाम्रो मुलुकको ब्युरोकेसीहरुमा एक से एक अनुभवी र दिग्गजहरु हुनुहुन्छ तर राजा बन्न सक्ने आँट, हिम्मत र साहस कसैमा छैन किन ?
हाम्रो मुलुकका प्रधानमन्त्री होस या मन्त्री होस कुनै कुरामा पनि सक्षम र अनुभव छैन । मुलुकमा राष्ट्रपति कार्यालयका, प्रधानमन्त्री कार्यालयका र विभिन्न मन्त्रालयका सचिव, उपसचिव र सहसचिव हरुको सहयोगले नै राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र मुख्यमन्त्री हरुले मुलुक हाँकी रहनु भएको छ । सचिव, उपसचिव र सहसचिव हरु कसैमा पनि राजा बन्न सक्ने आँट, हिम्मत र साहस छैन किन ? मैले माथि वर्णन गरिएको मध्ये एक जनामा पनि राजा बनेर शासन सत्ता चलाउने आँट, हिम्मत र साहस कसैमा पनि छैन ।
वास्तविक रूपमा भनाइको तात्पर्य के हो भने राजा बन्न पनि भाग्य, पुरपुरो, खप्पर, किस्मतमा हुनुपर्छ र विधाताले नै लेखेको हुनुपर्ने हुन्छ । जो कोही राजा बन्न सक्दैनन । कसैमा राजा बन्न सक्ने आँट, हिम्मत र साहस छ भने तत्काल उदय भएर मुलुकलाई निकास दिन आवश्यक छ ।
विचार : राकेश कुमार शर्मा