May be an image of 3 people, people playing sports and people standing

२७ असार २०७८ | मुलुक डेस्क

रियो दि जेनेरियो : कोपा अमेरिकाको उपाधि अर्जेन्टिनाले जितेको छ । ब्राजिलको रियो दी जेनेरियोस्थित ७८ हजार क्षमताको माराकाना स्टेडियममा ७८ सय दर्शकबीच आइतबार बिहान भएको फाइनलमा घरेलु टिमलाई १–० ले पराजित गर्दै अर्जेन्टिनाले उपाधि जितेको छ ।अर्जेन्टिनाले २८ वर्षपछि कोपा अमेरिकाको उपाधि उचालेको हो।

No description available.

सन् १९९३ पछि अर्जेन्टिनाले पहिलो पटक कोपा अमेरिकाको उपाधि जित्दै धेरै पटक कोपा अमेरिका जित्ने टिमको सूचिमा उरुग्वेसँग बराबरी गरेको हो। यो सिजन अर्जेन्टिना च्याम्पियन बनेसँगै उरुग्वे र अर्जेन्टिनाले सर्वाधिक समान १५/१५ पटक कोपा अमेरिकाको उपाधि जितेका छन्। पटक-पटक ठूला प्रतियोगितामा आफ्नो टिमलाई फाइनलसम्म पुर्‍याएर पनि उपाधि दिलाउन नसकेका अर्जेन्टिनी स्टार लियोनल मेस्सी यसपटक सफल भएका छन्।

No description available.

खेलको पहिलो हाफको २२औं मिनेटमा डि मारियाले गरेको एकमात्र गोल खेलको निर्णायक बन्यो । योसँगै अर्जेन्टिनाका कप्तान लिओनल मेस्सीको ठुलो उपाधि मुलुकलाई जिताउने एउटा सपना पूरा भएको छ ।छ पटकको बालोन डिओरको उपाधि उचालेका उनले अर्जेन्टिनाबाट हात पारेको सबैभन्दा ठूलो उपाधि २००८ को चीन ओलम्पिकको स्वर्ण नै हो।

No description available.

उच्च प्रतियोगितामा भने सन् १९९३ को कोपा अमेरिकापछि अर्जेन्टिनाले कुनै उपाधि जितेको छैन। मेस्सीले बार्सिलोनाबाट दर्जनौँ पटक ट्रफी जिते पनि मुलुकलाई ठुलो उपाधि दिलाउन सकेका थिएनन् । मेस्सीको सन्दर्भमा यो उनको १० औं मुख्य प्रतियोगिता हो। उनले सन् २००६, २०१०, २०१४ र २०१८ को विश्वकपमा सहभागिता जनाउँदै विश्वकपमा ६ गोल गरिसकेका छन भने कोपा अमेरिकामा २००७, २०११,२०१५, २०१६, २०१९ र २०२१ मा गरी कुल १३ गोल गरिसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *