Colombo: Indian Family Arrested For Illegal Stay In Sri Lanka; Infringing  Immigration, Quarantine Laws: Police

२६ असार २०७८ | कुष्ण सिंह | सर्लाही

सशस्त्र प्रहरी बल नेपाल ,बोर्डर आउट पोष्ट त्रिभुवननगरबाट खटिएको सशस्त्र प्रहरीको गस्ती टोलीले शुक्रवार दिउँसो लागुऔषध सहित एकजनालाई पक्राउ गरेको छ ।

जिल्लाको कविलासी नगरपालिका वडा न-१० सलेमपुर बस्न चन्देश्वर मुखियाको छोरा अन्दाजी २० वर्षीय मुकेश मुखियालाई ब्रह्मपुरी गाउँपालिका वडा न-४ नेपाल -भारत नाका स्थित कालीमन्दिर नजिकबाट २५ बोतल कोडिवेल नामक लागुऔषधसहित सशस्त्र प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता एवं डिएसपी माधव प्रसाद बुढाथोकीले जनाएको छ ।

मुकेशलाई भारतको सोनवर्षा तर्फबाट नेपालको त्रिभुवननगरतर्फ पैदल आइरहेको अवस्थामा गस्तीमा रहेका सशस्त्र प्रहरीको टोलीले कालीमन्दिर नजिक रोकेर निजले बोकेको झोला र शरिरको तलासी गर्दा उक्त मात्रामा लागुऔषध बरामद भएको हो ।

सशस्त्र प्रहरीले पक्राउ गरेका मुकेशलाई बरामद भएका लागुऔषधसहित आवश्यक कार्यवाहीको लागि सोहीदिन जिल्ला प्रहरी कार्यालय मलंगवामा बुझाएको प्रवक्ता बुढाथोकीले बताएको छ ।

Leave a Reply

Your email address will not be published.