कोरोनाको प्रभाव अनि विद्यार्थी

२५ असार २०७८ |पुजा डोटेल

कोरोना यस्तो शब्द जुन अहिले स्याना बालबालिका देखि बृद्धबृद्धासम्म प्रख्यात छ । यसले अहिले संसारभर त्रास फैलाइरहेको, सामान्य दैनिकिमा समेत प्रभाव पारेको यसले देशको विभिन्न कुरामा समेत असर पारेको छ । कोरोनाको कहरसँगै रुमलिएको हाम्रो जिन्दगी, हामीमात्र नभएर विश्वका अधिकांश क्षेत्रमा असर गरेका कारण देखेका सपना पुरा गर्न सकिन्छ भन्ने सोच्न निकै कठिन परेको छ ।

अहिले त हाम्रो वरीपरी याति धेरै पिडित छन कि हामी उनिहरूको आशु देखेर पनि चुपचाप हेरेर मात्र बस्न सक्छौं । स्वतन्त्र जिवन बिताएका हामी आफ्नो आफ्नो घरमा बन्दी बनेर बस्न बाध्य भएका छौ, खुसी र स्वच्छ जिवनमा एकाएक त्रास फैलिएको छ । परिवारको लागि एक छाक जुटाउन नसक्दा मान्छेहरू आत्महत्याको बाटो रोज्न थालेका छन् ।


विभिन्न कुरामा असर परेको यस रोगले सबैभन्दा बढी असर हामी जस्ता विद्यार्थीलाई पारेको छ । भर्खरै जिवनको बारेमा बुझेर अनेक सपना देख्न थालेको मात्र थियौ, कोरोनाको कारण ती सबै सपना कोठामा बसेर सम्झिने मात्र बेला छ बाहिर जान्छु, केही गर्छु भन्ने परिस्थिति आउन धेरै समय कुर्नु पर्ने भएको छ । सबै शैक्षिक संस्थाहरू बन्द भएकाले विद्यार्थीहरु घरमै बस्नुपर्ने बाध्यता छ । अन्तिम तयारी पुरा भइसकेको परीक्षाहरू स्थगित हुनाले मानसिक चिन्ता पैदा भएको छ ।

Planning for a new school year amidst the COVID pandemic | The Journal of  the San Juan Islands

दैनिकी कहाँबाट कहाँ पुगेको छ । पढ़ने, हास्ने, खेल्ने, घुम्ने समयमा हामी घरबाट बाहिर पनि जान सक्दैनौं । बाहिर जाने कुरा त छोडौ अब त एक अर्कालाई छुदा पनि मरिएला भन्ने परिस्थिति आइसकेको छ । सोचे अनुसार केही छैन, वरिपरी सबै बन्द, बाहीर निस्कने ठाउँ छैन । समयले हामीलाई धेरै पछाडि छोडेर गइसकेको छ र हामी केही गर्न सक्ने अवस्थामा छैनौं ।

ती विपन्न परिवारका विद्यार्थी जो पढ्नका लागि दिनरात काम गर्थे अब उनिहरूसँग पढ्न पाइन्छ भन्ने विकल्प छैन, बन्दको कारण काम गर्ने ठाउँ छैन, पढाई भन्दा बढी दई छाक कसरी टार्ने भन्ने कुराले छटपटाई रहेका छन् । मनमा यति त्रास भरिएको छ कि दिनदिनै आखाँ अगाडि आफ्ने मान्छेको लास देख्दा पनि कसैलाई केही नभनि सहर बस्न थालेका छन् । परिस्थिति यति भयावहक छ कि मान्छेहरू अब लामो आयु छ भन्ने कुरानै भुल्न थालेकाछन् । वरिपरिको मृत्यु देख्दा कतै यसपछिको पालो मेरो त हैन भन्ने डर मनमा उब्जिसकेको छ ।


सारा संसारलाई ग्रसित पारेको कोरोनाको कारणले कति विद्यार्थीहरूले पनि आत्महत्या गरेको कुरा सुनिन्छ । यस्ता खबरले हामीलाई झन कमजोर बनाएको छ, पुरा शरीर डरले सिरिङग हुन्छ । देखेका थिए होलान उनीहरूले पनि ठुला ठुला सपना थिए होलान् केही गर्छु भन्ने इच्छा अनि चाहाना तर यस परिस्थतिले हरेकलाई मानसिक रूपमा कमजोर बनाएको छ ।

मान्छेहरू रोगले मन्दा बढी भोकले मरिरहेका छन । जुन प्रमभाव हाम्रो शिक्षामा परेको छ त्यसले हरेक विद्यार्थीको सपनालाई समेत कमजोर पारेको छ । परिस्थितिका कारण यो सबै देख्दा थाहा पाउदा पनि चुप लागेर आफु सुरक्षित हुने बाहेक केही उपाय छैन । अहिलेको समय त घरमै सुरहित बस्ने समय हो, जिन्दगी एकपटक पाएका छौ । त्यसलाई जति सकिन्छ सुरक्षित राख्ने हो । भविष्यका लागि अहिले संपना बुनौं, त्यही सपना पुरा गर्ने आश राखेर बसौं, बाचिएछ भने पक्कै त्यो सपना पुरा गर्नेछौं ।

Leave a Reply

Your email address will not be published.