Representative image

२५ असार २०७८ | कृष्ण सिंह | सर्लाही

सर्लाहीको ईश्वरपुर नगरपालिका वडा -४ सागरनाथमा गत मंगलबार राती चक्कु प्रहार गरि एक ब्यक्तिको हत्या गरिएको छ ।हत्याको आरोपमा प्रहरीले सागरनाथ बस्ने ५८ वर्षीय पाल दोर्जे स्याङ्तानलाई नियन्त्रणमा लिएको छ।

मंगलबार राती करिब ८ बजे स्थानीय पाल दोर्जे स्याङ्तान र ३५ वर्षीय सानु भन्ने कृष्णबहादुर स्यङ्बो बिच पुरानो रिसिवीका कारण बादबिवाद हुँदा पाल दोर्जेले प्रहार गरेको तरकारी काट्ने चक्कु लागेर गम्भीर घाइते भएको कृष्णबहादुरको उपचारका लागि लालबन्दी स्थित मोडेल अस्पतालमा लगिएको थियो।

त्यहाँ उपचार सम्भव नभए पछि थप उपचारको लागि जनकपुर लाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। हत्या आरोपित स्याङ्तानलाई प्रहरी चौकी फुल्जोर र ईलाका प्रहरी कार्यालय केशरगंजबाट खटिएको प्रहरीले पक्राउ गरेको थियो ।आरोपितलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *