२३ असार २०७८ | डा. मनोज मुक्ति
“हे राजन, अब टोलाएर नबस !”
वीररहरुको रगतले सिंचित ज्ञान-भूमि, शान्ति-भूमि
पशुपतिनाथको कृपा प्राप्त जनक-बुद्धको जन्मभूमि, कर्म-भूमि ।
सीता-गार्गी-विद्यापति-ऋषिमुनि छन जसका विभुति,
नर-नारद-नारायण ललायित हुन्छन् जहाँ, त्यो हो नेपाल भूमि ।। १।।
राजनीतिक अराजकताको प्रकाष्ठा गगनचुम्बी भयो,
लूटतन्त्र-लम्पसारवादले देश र जनता त्राहिमाम भए ।
देश-बचाउन महेन्द्र-माला जप्नै पर्ने भयो,
हे राजन ! महेन्द्रपथ – ज्ञानेन्द्रपथ ब्युँताउनै पर्ने भयो ।। २।।
सुस्ता बेचे, महाकाली-कालीगण्डकी बेचे, बेची सिध्याए सबै नदि-नाला,
लिपुलेक बिक्यो, सगरमाथा बिक्यो, बिक्यो नेपाल आमा ।
बाँकी राखेन्न केहि, बेची खायो स्वाभिमान, अभिमान र आत्मसम्मान,
जाग हे नरेश ! मातृभूमि रुँदैछिन, जनता पुकार्दै छ्न ।। ३।।
चार-वर्ण छत्तीस जातको साझा फुलबारी हाम्रो नेपाल,
धोती-टोपी, वाद-वादी, जातपात, दल-गुटमा बिभक्त भयो ।
हिमाल-पहाड-तराई मेटाई, प्रदेशको नाममा देश बनाइयो,
आफ्नै पौरख-गाथा मेटाई, आयातीत छाडा सभ्यता भित्रियाइयो ।। ४।।
जाग हे राजन ! दुराचार – भ्रष्टाचार – अराजकता घरघरमा ब्याप्त छन्,
देश-बेचुवा – जनतामाराहरु मालामाल छन् ।
अब देर न गर अबेर भइसक्यो,
जाग हे धर्म-रक्षक ! देश र जनता आक्रान्त छन् ।। ५ ।।
टोलाएर न बस, हे जनादेश पालक !
देश र जनता निर्मल-निवास तिर टकटकी लगाएका छन्,
पर्खाइ के को हो ?, देशभक्तहरु सडक मै छन् ।
सुम्पेको नासो आम जनता सुम्पिन औताहुल छन् ,
वीर का सन्तानहरु मातृभूमि बचाउन सहिद नि हुन् आतुर छन् ।। ६ ।।
हे पशुपतिनाथ , हे माँ जानकी !!
फर्कियोस युगौं-युग रहने राज-संस्था हाम्रो !
पुनःस्थापित होस, शाहवंशीय परम्परा र इतिहास !!
सम्पूर्ण देवी-देवताले सु-स्वास्थ, दिर्घायू , शक्ति प्रदान गरुन् !
७५औं शुभ जन्मोत्सवको लाखौं-लाख शुभकामना एवं मंगल-कामना ।। ७ ।।
डा. मनोज मुक्ति
राष्ट्रिय अध्यक्ष, जनतान्त्रिक तराई मुक्ति मोर्चा