२२ असार २०७८ | बद्री नाथ झा | जनकपुर

दाइजोको निहुमा र परिवारको असहयोगका कारण बेहुला विवेक कुमार सिंहले तिलक-सगुनको दिन बिहानै जनकपुर वकिल टोल स्थितको घर छाडेर काठमाडौं फरार भएको उनको पारिवारिक स्रोतको दाबी छ । साथै उनले घर छाडने जानकारी आफ्नो निकटतम मित्र डा. महिपेन्द्र मार्फत घरमा अवगत गराएको थियोे ।

घरका सम्पुर्ण सदस्यको भनाइबाट पनि त्यही पुष्टि हुन्छ । २० गते आइतबार बिहान डा. को फोन पश्चात् नै एकाएक बेहुला गायब भयो।३६ वर्षिय बेहुला विवेकको निर्णयले बेहुली पक्ष मानसिक, आर्थिक र सामाजिक पीडामा रहेको त्यहाँका सामाजिक अगुवाहरुको ठहर रहेको छ । बेहुला विवेक वास्तवमै बौलाहा एवं अविवेकपुर्ण निर्णय गरेकोमा स्थानीय लगायत राजपुत समाज काठमाडौं, बिरगंज र क्षत्री राजपुत समाज जनकपुरले यसको विरुद्ध कडा कदम चाल्ने प्रतिबद्धता जाहेर गरेको छ ।

आधुनिक युगमा यस्ता खाले घटना र पात्रले समाजलाई कलङ्कित एवं दुसित पार्ने भएकोले समाजबाट बहिष्कृत हुनु पर्ने माग समेत स्थानीय प्रतिनिधिको छ ।चिकित्सा क्षेत्रमा काठमाडौंमा काम गर्दै आएका बेहुला अहिले त्यहाँ आफ्नै साथी वा दिदिहरुकोमा लुकेर बसेको आसन्का रहेको छिमेकिको रहेको छ । बिगत ५ महिनादेखि तय गरेको बिबाह पहिलोपटक २०७८ बैशाख ३० लाई बढाएर दोस्रोपटक असार २३ मा तय भएको थियो। यधपी बेहुला भागेर दुई पक्षबीचको बिबाह नै रद्द भएको छ । बेहुली पक्ष अनुसार अब कानुनी र सामाजिक न्यायको बाटोमा जाने बताएका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *