
२१ असार २०७८ | बद्री नाथ झा | जनकपुर
बिहे गर्छु भनी लाखौं को बर्बादी गरेर बेहुला विवेक कुमर सिंह असार २० गते आइतबार बिहान देखि अचानक फरार भएका छन् ।
मनराशिस्वा नपा १ मुल बासी हाल जनकपुर १, वकिल टोल स्थायी बासिन्दा स्व. मधुसूदन सिंह र श्रीमती मिथलेश सिंहको एक्लो सुपुत्र विवेक फरार भए लगतै बेहुली पक्ष र बेहुला पक्ष समेत आश्चर्यमा परेका छन ।

हिजो तिलक सगुन कै दिन बेहुला बेपत्ता हुनुमा अनेक संका स्थानीय एवं परिवारको रहेको छ । बेहुली पक्षलाई हिजो निम्त्याई बेइज्जत गरेको आरोप पनि बेहुला परिवार माथी लागेको छ । ऊनीहरुले तयार पारेको लाखौं को क्षति संगै सामाजिक प्रतिष्ठा र मानसिक क्षति भएको स्वीकार्छन् बेहुला पक्षका अगुवाकर्ता कुमोद कुमार सिंह, ब्रज किशोर सिंह र अजित सिंह ।
ऊनीहरु बेहुलाका भिनाजु हुन् ।अभिभावक नभएकोले आ-आफ्नै किसिमको हालिमुहाली गर्दै आएको आरोप भिनाजु माथी समेत लागेको छ । तप बिबरण आउन बाकी छ ।
