१६ असार २०७८ | उपेन्द्र खनाल | तनहुँ

उपभोक्ता समितिले डढेलो न्युनीकरण र बन संरक्षण गर्न रुखका बोटमा सचेतनामुलक बोर्ड टाँसेको हो ।

चीनबाट फैलिएको कोरोना भाइरसले सुरुमा चीनलाई नै त्रसित बनायो । त्यसपछि विस्तारै अन्य मुलुकमा पनि सर्यो । हुँदाहुँदै बिश्वभर आतंक फैलायो । त्यसको नराम्रो असर नेपालमा पनि पर्यो । कति नेपालीहरु बिरामी भएर निको पनि भए भने कतिले त ज्यान नै गुमाउनु पर्यो । पहिलो भेरियन्टले आक्रान्त पारेको बेलमा फेरि पनि दोस्रो भेरियन्ट देखापर्यो ।

कोभिडको संक्रमण बढ्दै गएपछि देशका विभिन्न जिल्लामा निषेधाज्ञा लगाइयो । मानिसहरु घरभित्रै बस्न थाले जसले गर्दा न्यूनीकरण पनि हुँदै गयो । तर, बन्दीपुरको छपेली सामुदायिक बन उपभोक्ता समुह भने आफ्नो कामलाई नीरन्तरता दिँदै आयो । समुह बन जोगाउने अभियानमा लाग्यो ।

कोभिड– १९ ले गतबर्षबाटै आक्रान्त पारेपनि यहाँको उपभोक्ता समिति भने बन संरक्षणमा जुट्यो ।
जथाभाबिरुपमा बन फँडानी र डढेलो लगाउदा बन बिनास हुनेक्रम बढ्दै गैरहेको अवस्थामा तनहुँको बन्दिपुर गाउँपालिकाको वडा नम्वर ५ मा रहेको छपेली सामुदायिक बन उपभोक्ता समुहले भने बन जोगाउन जंगलैभरि सचेतनामुलक होर्डिङ बोर्ड राखेको छ ।

समुहले आफ्नो बन क्षेत्र भित्र पर्ने रुखका बोटमा बन सम्वन्धि सुचनाहरु टाँस गरि उपभोक्तालाई सचेत गराएको अध्यक्ष धनबहादुर आलेले बताए । ‘पछिल्लो समय बन फँडानी र जथाभावी डढेलो लगाउने क्रम बढ्दै गयो ।

त्यसपछि समुहले छलफल गरी बन जोगाउनुपर्छ भन्ने निस्कर्ष निकाल्यो । विगतका वर्षहरुमा पनि जथाभावीरुपमा बनमा आगो लगाइदिने गरेको घटना ताजै छ । त्यसैले डढेलो न्यूनीकरण गर्न जंगलभरि होर्डिङ बोर्ड राखिएको हो ।

बोर्ड राखिएपछि जंगल राम्रो हुनुका साथै रुखको पनि संरक्षण भएको छ ।’ उनले भने ‘डढेलो लगाउने क्रम घटेको छ ।’ पहाडकी रानीको नामले समेत चिनिने बन्दिपुर बजार पर्यटकीय क्षेत्रको रुपमा गण्डकी प्रदेशको पोखरापछिको दोस्रो ठुलो हेो । पर्यटकीय ठाउँ भएकाले पनि त्यस क्षेत्रमा पाहुनाहरुको भीड बढ्छ । झन अहिले त बन्दिपुर जाने बाटोमै पर्ने भएकाले उक्त बनले त्यस क्षेत्रको सौदर्य पनि बढाएको छ ।

बन्दीपुर उक्लने सडकको दायाँबायाँ भएका अधिकांस रुखमा बनसंम्वन्धि जनचेतनामुलक संदेस लेखिएको बोर्ड छन् । बन अतिक्रमण गर्न, बिरुवा उखेल्न, चरिचरण गर्न गराउन, काट्न मास्न तथा नोक्सान हुने कार्य गर्ने कार्यहरु बन क्षेत्रमा निषेध गरिएको छ ।

उक्त बन क्षेत्रमा मुख्य प्रजातीमा साल रहेको छ भने अन्य प्रजातिमा चिलाउने, भलायोलगायतका रुखहरु छन् । बन जङ्गल फडानी र डढेलो लगाउने क्रम न्यूनीकरण गर्न सामुदायिक वनले जङ्गलैभरी संदेसमुलक बोर्ड राखेको हो ।


सामुदायिक बनले जंगलमा डढेलो लगाएको सुचना दिनेलाई प्रोत्साहन स्वरुप दश हजार रुपैयाँ उपलव्ध गराउने निर्णय गरेको छ । यो निर्णय भएपछि बनमा बिनास रोकिएको छ भने डढेलो लगाउने क्रम घटेको छ ।


अन्य सामुदायिक बन उपभोक्ता समुहले पनि छपेलिको जस्तै राम्रा कामको अनुसरण गर्न सके बन जोगाउन सहयोग पुग्ने बन्दिपुर गाउँपालिकाका प्रमुख प्रसासकीय अधिकृत महेश सुवेदी बताउँछन् । उनीहरु बन जोगाउने अभियानमा सक्रिय छन् ।

जिल्लाकै नमुना बन बनाउने उनीहरुको उदेस्य छ । उपभोक्ता समुहले गरेको काम प्रसंसनीय रहेको र अन्य सामुदायिक वनले पनि यसको सिको गर्न सके राम्रो हुनेछ । ‘जथाभावीरुपमा डढेलो लगाउने प्रवृर्ति रोक्न समुहले सचेतासम्वन्धि होर्डिङ बोर्ड राखेर उदाहरणीय प्रस्तुत गरेको छ । उनीहरुले गरेको अनुकरणीय कार्यले बन जोगिने मात्र नभई प्रसंसा पनि कमाएको छ ।


पछिल्लो समय बन अतिक्रमण र डढेलो लगाउने क्रम बढेकाले छपेली सामुदायिक बनले भने नयाँ उपाय अवलम्वन गर्दै बन संरक्षणमा जुटेको हो । डढेलो लगाउने क्रम बढेपछि त्यसको न्युनीकरण गर्न सुचना दिने व्यक्तिलाई प्रोत्साहन स्वरुप नगद १० हजार उपलब्ध गराउने बन उपभोक्ता समुहले जनाएको छ ।

उक्त सामुदायिक बन पर्यटकीय क्षेत्र बन्दीपुर जाने बाटोमै पर्छ । बन्दीपुर जाने सडकको दायाँबायाँका अधिकांस रुखमा संदेसमुलक बोर्ड छन् । सडकको दुबै तर्फ बन क्षेत्रफल फैलिएको छ । ४१० घरधुरी रहेको त्यस क्षेत्रमा सामुदायिक वनको कुल क्षेत्रफल २४९ हेक्टर क्षेत्रफल छ ।


बोर्ड राख्ने मात्र नभई समयसमयमा समुहले बन गोडमेल गर्दै आएको छ । संदेशमुलक सुचनाले एकातिर बनको संरक्षण भएको छ भने अर्कोतर्फ अबैध रुपमा हुने फँडानि रोकेको छ । बन बिनास बढ्दै जाने र पानीका मुहान सुक्तै जाँदा भुक्षयको समेत जोखिम बढेको समयमा सचेतनाबोर्ड भने प्रभावकारी बनेको छ ।

त्यस्तै जथाभावी रूपमा बनमा डढेलो लगाइदिँदा चराचुरुङ्गी र जनाबर पनि मर्छन् । प्राकृतिक सम्पदाको बिनासले विभिन्न खतरा निम्त्याउनुका साथै चराहरुपनि लोप हुने अवस्थामा पुग्छन् । ‘त्यसैले बन संरक्षण गर्न सके प्राकृतिक सम्पदाको समेत संरक्षण हुने प्रसासकीय अधिकृत महेस सुवेदी बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *