No description available.

१६ असार २०७८ | कृष्ण सिंह | सर्लाही

सर्लाहीको लालबन्दी र इश्वरपुर नगरपालिकालाई जोड्ने १२ करोडमा निर्माणाधिन अवस्थाको पुल सामान्य बाढीमै भत्कियो

सर्लाहीको लालबन्दी र इश्नरपुर नगरपालिका जोड्ने फुलजोर खोलामा निर्माणाधिन अवस्थामा रहेको पक्की पुल भास्सिएको छ । लालबन्दी नगरपालिका वडा न- ३ र इश्वरपुर नगरपालिका वडा न- ८ को सिमानामा रहेको फुलजोर खोलामा निर्माणाधिन अवस्थामा रहेको उक्त पक्की पुल मंगलबार रातिको बाढीका कारण भासिएको छ। संघिय सरकारको रु १२ करोडको लगानीमा आर्थिक वर्ष २०७५/०७६ बाट निर्माण शुरु भएको उक्त पक्की पुलमा भर्खरै ढलानको काम सकिएको थियो ।

ढलानको काम सकिएको र फर्मा निकाल्न बाँकी रहेको समयमा मंगलबार राती आएको बाढीका कारण करिब ४० मिटर पुल भासिएको छ । पुलको लम्बाई करिब २ सय मिटर रहेको ठेकेदार मनोज कुमार साहले बताउनु भयो । उक्त पुलको आर्थिक वर्ष २०७५/०७६ बाट निर्माण शुरु गरि चालु आ.व मा निर्माण सम्पन्न गर्ने गरि पप्पु एण्ड शिवशंकर(जेभि)ले ठेक्का लिएको थियो । पुल निर्माणको करिब ८०प्रतिशत काम सकिएको र बाँकी काम यहि महिना भित्रमा सकाउने तयारीमा रहेको पुल ४० मिटर भासिंदा करिब २ करोड रुपैया घाटा लागेको ढेकेदार कम्पनीले बताएको छ ।

उक्त पुल निर्माणको शुरुको वर्षमा पनि एक पटक बाढीले भत्काएको स्थानीयले बताएको छ। ठेकेदारले गुणस्तरहिन काम गरेका कारण निर्माणाधिन अवस्थामा रहेको पक्की पुल पटक पटक भत्कीएको स्थानीयहरुको आरोप छ । यस अधि २०७६ सालमा पनि पुल सामान्य बाढीका कारण भत्कीएको थियो र अहिले पनि सामान्य बाढीकै कारण भत्किंदा ठेकेदारले गुणस्तरहिन काम गरेको देखिन्छ स्थानिय रामकैलाश चौधरीले बताए । निर्माण कार्यमा ठेकेदारको कमि कमजोरी र असारे वर्षामा पनि निर्माणको काम गर्दा पुल भास्सिएको स्थानिय धुर्व प्रसाद घिमिरेले बताए ।

उहाँका अनुसार असारमा पानी परि रहेको समयमा पनि ठेकेदारले निर्माण कार्य जारी राखेका कारण पुल भासिएको हो । उक्त पुल निर्माण भइसकेपछि लालबन्दी नगरपालिकाको वडा न ३ र ५ का साथै इश्वरपुर नगरपालिकाको वडा न ५ र ८ का स्थानियबासीलाई पुर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने लालबन्दी बजार आवतजावत गर्न सजह हुने थियो तर पटक पटक पुल भासिँदा स्थानियबासीहरु चिन्तीत बनेका छन् ।

चालु आर्थिक वर्षमा निर्माण कार्य सकाउने दाउमा रहेको ठेकेदार कम्पनी पनि अव ५/६ महिना समय थप गर्नु पर्ने अवस्था सृजना भएको बताउन थालेको छ । जसका कारण सो क्षेत्रका स्थानियबासीहरु यस वर्ष पनि फुलजोर खोलाको बाढीमै हेलिएर लालबन्दी बजार आउन जान बाध्य हुने भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *