१५ असार २०७८ | मुलुक डेस्क

तिलाठी कोइलाडी गाउँपालिका सप्तरीले १८औं राष्ट्रिय धानदिवस भब्यता साथ मनाएको छ । धान उत्पादनमा वृद्धि, खाद्य सुरक्षा आत्मनिर्भरता र समृद्धि नाराका साथ गाउँपालिकाको वडा नं. ४ स्थित खेतमा धान रोपेर दिवस मनाइएको हो ।

सो अवसरमा बोल्दै गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहले परम्परागत कृषि प्रणालीबाट आत्मनिर्भर नहुने भएकोले ब्यवसायिक एवम् प्रविधि मैत्री कृषि प्रणाली अपनाउनु पर्ने आवश्यकता रहेको बताए ।

कृषकलाई सहुलियत दिन गाउँपालिकाले विगत बर्षहरु देखि नै धान, गहुँ, मकै, सर्सों लगायतको बालीमा ५० प्रतिशत सम्म अनुदान उपलब्ध गराउँदै आएको बताउँदै अध्यक्ष सिंहले कृषकलाई आत्मनिर्भर बनाएमात्र समृद्धि ल्याउन सकिने बताए ।

गाउँपालिकाका प्रमुखप्र शासकीय अधिकृत केशवकुमार झाले कृषि कर्मलाई आधुनिकीकरण गर्नुपर्ने आवश्यकता रहेको बताउँदै गाउँपालिकाले विगत बर्षहरु देखि नै कृषकलाई विभिन्न किसीमले सुविधाहरु प्रदानगर्दै आईरहेको र आगामी दिनमा पनि सहुलियत दिने कार्य जारी रहने बताए ।

सो अवसरमा वडा अध्यक्षहरु गोपी मण्डल, गुलाब प्रसाद सिंह, लक्ष्मी प्रसाद मण्डल तथा कृषकहरुको सहभागिता रहेको कृषि विकास शाखा प्रमुख उदयकान्त झाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *