
१३ असार २०७८ | हेमलता सुवेदी (खनाल)
वर्तमान् समयमा सशक्तिकरण भन्ने बित्तिकै नेपालमा मात्र होइन विश्व भरिनैे महिलाशक्तिभित्र पनि रहेको शक्तिशाली क्षमता संग जोडिएर आएको महिलासशक्तिकरणको चर्चा टड्कारो रुपमा अगाडि आइरहेको छ । हाम्रो देश नेपालमा पनि देशको कुल जनसंख्याको आदि भन्दा बढि अंशमहिलाले ओगटेको हुनाले महिला सशक्त भएर अगाडि आउदै जाने र राज्यले पनि महिला हक अधिकारको संरक्षण संर्बद्धन गर्दै गयो भने घर परिवार देखि देश विकासमा महत्वपूणर् योगदान दिदै महिलाहरु पनि आफूलाई देशको सक्षम् सक्रिय नागरिकको रुपमा चिनाउदै उत्कृष्ट उदाहरण बन्दै जान सक्छन् ।
महिला सशक्तिकरणकोअवधारणा चर्चा गाउ देखि शहर सम्म भइराखेको छ ।जुन अझ बृहत रुपमा चर्चा हुदै जाने छ । एउटा जीवनलाई जीवनदान दिएर उसको संरक्षण भरणपोषण गर्ने जस्तो अदम्य शक्तिले पूणर् महिला आफूमा खास हुदाँ पनि महिलाको महत्वलाई यस पितृसत्तात्मक सोच भएको समाजले बुझन नसकेकोले महिलाको शक्तिलाई सशक्त बनाएर देश विकासमा समान रुपमा सहभागी भई अगाडि आउनकोलागि महिला सशक्तिकरणको अवधारणाले केहि हदसम्म भएपनि टेवा पुराएको छ । स्वयंनिणर्य गर्ने स्वतन्त्रता, महिला हक अधिकारको सुरक्षा जस्ता कुराले महिला सशक्तिकरणलाई परिभाषित गर्दछ जुन हाम्रो जस्तो पितृसतात्मक सोच भएको समाजमा पिछडिएका महिलाहरुको उत्थान, संरक्षण सम्बद्र्धनकालागि यसको कार्यान्वयन हुन नितान्त आवश्यक छ ।
परम्परा देखि धर्म, संस्कृति ,संस्कारको नाममा महिला माथि हुने शारिरिक मानसिक शोषण थिचो, मिचो पुरुष वर्गको अज्ञानता रुढिवादि बिचार आदि कारणले महिला माथि अन्याय हुँदै आएको थियो तर २०४६ सालको जन आन्दोलन पछि महिला स्वयं जागरुक भएर आफ्नो हक अधिकारका लागि नेतृत्व लिएर अगाडि बढ्दै आवाज उठाउन थाले पछि केहि हदसम्म भए पनि महिलाको स्तरोन्ती हुन थाल्यो । यस समय अवश्य पनि महिलाहरुलाइ सशक्त बनाउन केहि सकारात्मक सोच भएका शिक्षित पूरुष वर्गको साथ सहयोग बाट सफल हुन सकेको कुरा लाई नकार्न सकिन्न तर पनि महिलाहरुलाई हेर्ने दृष्टिमा आज पनि धेरै परिवर्तन हुन बाँकी छ । जन आन्दोलन पछि बि.सं २०५८ मा महिलाहरुको हक हितको संरक्षण र सम्बद्र्धन गर्दै विकासको मुल प्रवाहमा लैजानका लागि गठित राष्ट्रिय महिला आयोगले ठूलो भूमिका खेल्दै आइरहेको छ ।
यसले पनि महिलाहरुलाई आफु विरुद्ध हुने अन्याय अत्याचार हक अधिकारकालागि लड्न मद्धत पुराएको छ । बि.सं २०७२ सालको संविधानमा यस आयोगले संवैधानिक हैसियत प्राप्त गरेपछि यसको कार्य क्षेत्र बढ्न गयो र २०७४ मा राष्ट्रिय महिला आयोगको ऐनले निर्देशित गरेको काम, कर्तब्य र अधिकारलाई मध्य नजर राख्दै महिला विरुद्ध हुने जुन सुके हिंसाका घटना हरुको छानबिन गरेर न्याय दिलाउने काम गर्दै आएको छ । हेल्प लाईनको सहायतालपनि गाउँ शहर जिल्ला दुरदराजका पिडकहरुको आवाजलाई सुनेर सम्बोधन गरेर सम्स्या समाधान गर्दै आएको छ जुन निकै राम्रो र सराहनीय कार्य महिला आयोग द्वारा भईराखेको छ ।
अहिलेको समयमा निणर्य गर्ने स्वतन्त्रता र हक अधिकारको सुरक्षा मात्र होईन आर्थिक रुपमा पनि महिलाहरु सबल भएर आउन जरुरी छ र महिलाहरु केहि मात्रामा भए पनि आफ्नो सीप, ज्ञानबाट देशको आय आर्जनमा सहायक भएर अवश्य पनि अगाडि आउन थालेका छन् । यि माथिका उदाहरण बाट पनि महिला सशक्तिकरणको अवधारणाको थोरै भए पनि कार्यान्वयन हुदै गएको पुष्ट्याउँछ । यसले अवश्य पनि महिला भित्र हुने शक्ति लाई उजागर गर्ने काम गरेको छ ।
महिलाहरुको बिभिन्न तवरबाट विकास हुदै आएता पनि के राज्यले भने जस्तो महिलाको हकमा ३३ प्रतिशत आरक्षणको आश्वासन दिएर देशको उच्च निर्णायक तह र तप्का देखि लिएर विभिन्न तहका कार्यालय आदिमा समान सहभागितालाइ ध्यानमा राख्दै यसको कार्यान्वयन गरेको छ त अवश्य पनि राज्यले यसलाई कानुनी रुपमा मात्र ब्याख्या न गरेर ब्यवहारिक रुपमा पनि महिलाको समान सहभागिता लाई ध्यानमा राख्दै ऐन, नियमको कार्यान्वयन गर्दै जानु पर्छ जसले गर्दा एउटा सुशासन र भ्रषटाचार रहित देशको रुपमा चिनिन सक्छ जुन महिला सशक्तिकरणको एउटा बलियो उदाहरण हुनेछ ।
महिला सशक्तिकरण अभियान केवल महिलाको एकल प्रयास मात्र होईन पुरुषको साथ सहयोग सकारात्मक सोच समान ब्यवहारले मात्र सफल हुनेछ । प्रकृति प्रदत्त शक्ति द्वारा नारी पुरुषको समान सहभागिताले मात्र सुन्दर घर संसारको सृष्टि भएकोले यसको महत्व बुझेर नारी पुरुष दुबैले एक अर्कालाई गाली गरेर होइन एक अर्काको महत्व बुझेर सम्मान गर्दै जान जरुरी छ । हुन त महिला मात्र होइन पुरुषहर पनि समाजमा पिडित हु्रन्छन् यदि महिला पुरुष बीचको सौहार्द सम्बन्धमा एक अर्काको अहंमले कटुता आई राख्यो भने दुबै बीच गहिरो खाडल बढ्दै गएर दुबैलाई पिडित बनाउछ भन्ने कुरा अतिशयोक्ति न होला । त्यसैले दुबै बीचको झिनो रेखालाई तोडेर होइन बुझेर, एक अर्कालाई सशक्त बनाएर आपसमा सहयोग गर्दै गयो भने महिला सशक्तिकरण मात्र होइन सुन्दर सशक्त समाजको नै निमाणर् गर्न सकिन्छ ।
महिलाहरु पनि रंग रुप वस्त्रको आधारमा मात्र होइन क्षमताको आधारमा देश विकासमा उल्लेख्य योगदान दिएर आफ्नो पहिचान बनाउदै सशक्त रुपमा आउन जरुरी छ अथवा स्वतन्त्रताको नाममा आफ्नो अधिकारको दुरुपयोग गरेर अपहेलित हुनु हो यस कुराको हेक्का महिलाहरुमा हुन जरुरी छ रमहिला समाजले पनि सशक्तिकरण अभियानलाई राजनितिक स्वार्थकोलागि मुद्धा नबनाएरयसको सफलताका लागि आवश्यकपहल गर्दै जानु पर्छ । महिला पुरुषको समान सहभागिता र राज्य द्वारा हक अधिकारकोउचित कार्यान्वयन भएमा अवश्य पनि महिला सशक्तिकरणको औचित्य पुष्टि हुने छ र महिलाहरु पनि राज्य विकासको मुल प्रवाहिकरणमा आउन सफल हुनेछन् ।

हेमलता सुवेदी (खनाल)
लेखिका