फिफा वरियतामा नेपाल १००औं स्थानमा

१२ असार २०७८ | मुलुक डेस्क

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले नयाँ वरियता सार्वजनिक गरेको छ । नयाँ वरियतामा नेपालले एक स्थान सुधार गरेको छ ।

फिफाले शुक्रबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक स्थान सुधार गर्दै १००औं स्थानमा उक्लिएको छ ।

यसअघि नेपाल १०१औं स्थानमा थियो । नेपालको १ हजार २ सय अंक छ ।

दक्षिण एसिया नेपाल भारतपछि दोस्रो स्थानमा छ भने एसियामा २१औँ स्थानमा छ । भारत ५७औँ स्थानमा छ ।

नेपालले आउँदो सेप्टेम्बरमा एएफसी वुमन्स एसियन कप छनोट खेल्दैछ ।

त्यसमा समूह ‘एफ’मा रहेको नेपालले घरेलु मैदानमा हङकङ र फिलिपिन्सको सामना गर्नेछ । फिलिपिन्स फिफा वरियताको ६८औं र हङकङ ७६औं स्थानमा छन् ।

नयाँ महिला फिफा वरियतामा पनि अमेरिका शीर्ष स्थानमा छ ।

त्यस्तै, जर्मनी दोस्रो, फ्रान्स तेस्रो, नेदरल्यान्ड्स चौथो, स्वीडेन पाँचौं, इंग्ल्यान्ड छैठौं, ब्राजिल सातौं, क्यानडा आठौं, अष्ट्रेलिया नवौं र जापान १० औं स्थानमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *