१० असार २०७८| मुलुक डेस्क

अधिकांश पालिकाहरुले निति तथा बजेट कार्यक्रममा कृषी,स्वास्थ्य, शिक्षा,पर्यटन प्रवद्र्धन र दलितलाई विशेष प्राथमिकतामा राखेको बताएको छ।

महोत्तरीका रहेका १० नगरपालिका र ५ गाउपालिका मध्ये चार नगरपालिका र दुई गाउपालिकाले आफ्नो निति तथा बजेट कार्यक्रम सम्पन्न गरेको छ। जलेश्वर नगरपालिका,मटिहानी नगरपालिका,सोनमा गाउपालिका,लोहारपटटी नगरपालिका,बल्वा नगरपालिका र महोत्तरी गाउपालिकाले आफ्नो निति तथा बजेट कार्यक्रम सम्पन्न गरेको हो। बुधवार लोहारपटटी नगरपालिका,मटिहानी नगरपालिका,सोनमा गाउपालिका र जलेश्वर नगरपालिकाले कार्यक्रम सम्पन्न गरेको छ भने बल्वा नगरपालिकाले गत सोमवार तथा महोत्तरी गाउपालिकाले गत शुक्रवार नै कार्यक्रम सम्पन्न गरेको सम्बन्धित पालिकाले जनाएको छ।

६ वटै कार्यक्रम सम्पन्न गरेको पालिकाहरु मध्ये मटिहानी नगरपालिकाले ४० करोड ७७ लाख ५७ हजार,महोत्तरी गाउपालिकाले ४१ करोड भन्दा केहि वढी,सोनमा गाउपालिकाले ३९ करोड ८४ लाख भन्दा वढी,लोहारपटटी नगरपालिकाले ६६ करोड ३५ लाख चार हजार १६७,बल्वा नगरपालिकाले ५६ करोड भन्दा वढी र जलेश्वर नगरपालिकाले ६८ करोड ४४ लाख नौ हजार ४१४ रुपया बरावरको अनुमानित बजेट पेश गरेको हो।

कोभिड १९ को जोखिम रहिरहेको बेला केन्द्रबाटै असार १० गते भित्र नगरसभा सम्पन्न गर्न निर्देशन आएकोले खुल्ला चौर भन्दा पनि पालिकाकै कर्मचारी,जनप्रतिनिधीहरु राखेर नगरसभाहरु सम्पन्न भएको सम्बन्धित पालिकाहरुले वताएका छन। मटिहानी नगरपालिकाले सामाजिक संजाल फेसबुक लाईभ गर्दै आम जनसमुदायले समेत जानकारी पाउने गरि आफ्नो कार्यक्रम सम्पन्न गरेको थियो भने लोहारपटटी नगरपालिकाले समेत सामाजिक संजाल मार्फत नगरसभा सम्पन्न भएको सार्वजनिक गरेको थियो।

अधिकांश पालिकाहरुले निति तथा बजेट कार्यक्रममा कृषी,स्वास्थ्य,शिक्षा,पर्यटन प्रवद्र्धन र दलितलाई विशेष प्राथमिकतामा राखेको बताएको छ। यता मटिहानीको धिरापुरमा कार्यालय रहेको मटिहानी नगरपालिकामा केहि असन्तुष्ट पक्षहरुले नाराबाजी गर्दै तालाबन्दी गरेको भिडियो समेत सामाजिक संजालमा सार्वजनिक भएको छ। नगरपालिकाको कार्यालयमा तालाबन्दी हुदै गर्दा नगरसभा भने मटिहानी स्थित संस्कृत मा.वि.मा चलिरहेको थियो।

Leave a Reply

Your email address will not be published.