१० असार २०७८ | मुलुक डेस्क

भारतलाई हराउँदै विश्व टेष्ट च्याम्पियनशिपको उपाधि जितेपछि न्यूजिल्याण्डका कप्तान केन विलियम्सनले प्रतिक्रिया दिएका छन् ।

उनले यो सुन्दर दृश्यलाई विशेष भन्दै सबैले यसलाई लामो समयसम्म याद गर्ने बताए ।

उनले भारतीय टीमलाई एक मजबुद टीमको रूपमा वर्णन गरे । विलियम्सनले न्यूजिल्याण्डको जितमा सबै खेलाडीको महत्वपूर्ण भूमिका रहेको बताए ।

उनले म्याच सकिएपछि प्रेस कन्फरेन्समा भने, ‘यो एक विशेष दिन हो। म विराट र भारतीय टीमलाई धन्यवाद दिन चाहन्छु । हाम्रो टीमले खेलेको खेल तारिफ योग्य थियो ।’

पहिलो पहिलो पटक आफूहरूले उपाधि जितेको उनको भनाइ छ । खेल जिताउन २२ खेलाडीहरू सबै प्रशंसनीय रहेको उनले बताए ।

‘यो लामो समयसम्म सम्झिने छौं। भारतीय पक्ष प्रत्येक परिस्थितिमा कत्तिको बलियो छ भन्ने कुरा पनि प्रमाणित भयो,’ उनले भने।

‘फाइनल एक सुन्दर खेल हो । ६ दिनसम्म कसले जित्छ भन्ने थाहा थिएन। र, म खुसी छु, किनकि हामीले खेल जित्यौं । यो पहिलो पारीमा जान पक्कै गाह्रो थियो। तल्लो अर्डरले अधिक स्वतन्त्रताका साथ खेले,’ किवी कप्तानले भने ।

उनले रस टेलरको प्रशंसासमेत गरे ।

टेलरले जटिल परिस्थितिहरूमा पनि स्पष्ट, अनुभव र शान्तीका साथ खेलेको उनी बताउँछन् ।

न्यूजिल्याण्डले दोस्रो इनिङ्समा ४४ रनमा दोस्रो विकेट गुमाएपछि विलियम्सन र टेलरले राम्रो ब्याटिङ गरे ।

विलियम्सन र टेलरले उत्कृष्ट पारी खेल्दै न्यूजिल्याण्डलाई उपाधि दिलाए ।

पहिलो इनिङ्समा अर्धशतक बनाउन चुकेका उनी दोस्रो पारीमा भने ५२ रनमा अविजित रहे ।

टोलीलाई जित दिलाउन टेलरले टेलरले नटआउट ४७ रन बनाए । न्यूजिल्याण्डले भारतलाई आठ विकेटले हराउँदै टेष्ट च्याम्पियनशिपको उपाधि हात पारेको हो ।

के भन्छन् विराट?

विराटले न्यूजिल्याण्डका बलरको उत्कृष्ट प्रदर्शन गर्दा आफ्नो टिम पराजित भएको प्रतिक्रिया दिए । साथै, उनले आफूहरूको रणनीतिले काम नगर्दा पनि पराजित हुन पुगेको बताए ।

‘न्यूजिल्याण्डले म्याच अवधिभर नै भारतमाथि दबाब राख्न सफल भयो । उसले राम्रो क्रिकेट खेल्यो । म्याचको दोस्रो दिन बलरलाई गति प्राप्त गर्न निकै मुश्किल थियो । तथापि पहिलो पारीमा बलिङमार्फत राम्रो प्रदर्शन गरेका थियौँ,’ विराटले म्याच सकिएपछि प्रेस कन्फरेन्समा भने, ‘खेलको अन्तिम दिन (बुधबार) भारतको पक्षमा रहेन । अन्तिम दिन न्यूजिल्याण्डका बलरको रणनीति सफल भयो ।’

विराटले आफ्नो टिमले ३०/४० रन बढी बनाएको भए म्याच जे पनि हुन सक्ने बताए । उनले भने, ‘हामी उनीहरूलाई राम्रो लक्ष्य दिनुअघि ३०/४० रनले पछि थियौँ । ३०/४० रन बढी बनाउन सकेको भए म्याच जे पनि हुन सक्थ्यो ।’

प्लेइङ-११ को अग्रिम घोषणा गरेकोमा आफूलाई दुःख नलागेको विराटको भनाइ छ । ‘टोलीमा एक अलराउन्डर चाहिन्छ, हामीले सर्वसम्मतिले निर्णय गर्यौँ । र, प्लेइङ-११ को घोषणा गरेका हैँ,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *