०९ असार २०७८ | मुलुक डेस्क

नेकपा एमालेकी नेतृ शान्ता चौधरीले चुनावको घोषणा भएपछि मन्त्री थप्न नमिल्ने बाक्यांशले प्रतिनिधिसभा विघठन भएको पुष्ति हुने जिकीर गरेकी छिन् ।

बुधबार विहान सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले लेखेकी छन् पौष ५ मा प्रतिनिधि सभा विघटन हुँदा बनाइएका मन्त्री सदर हुनु अहिले बनाईएका बदर हुनुले के संकेत गर्छ ? उनले प्रश्न गदै भनेकी छन् मलाई लाग्छ त्यतिबेला सर्बोच्चलाई प्रतिनिधि सभा विघटन बदर गराउनु थियो तर आज सदर गराउने हो भन्ने बुझिन्छ ।

चुनावको घोषणा भएपछि मन्त्री थप्न नमिल्ने भन्ने वाक्यांशले यही कुरा प्रष्ट पार्छ । यति गरेपछि पनि प्रतिनिधि सभाको विघटन सदर नगरी पुनःस्थापना भयो भने सर्बोच्च माथि धेरै प्रश्न उठ्ने छ । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघठनपछि मन्त्रिपरिषद विस्तार गरेको विरुद्धमा परेको रिजमा सुनुवाई गदै २० मन्त्रीलाई पदमुक्तको आदेश दिएको थियो ।

Leave a Reply

Your email address will not be published.