०६ असार २०७८ | मुलुक डेस्क
न्यूजिल्याण्ड टिमका तीव्र गतिका बलर काइल जेमिसनले ७२ वर्ष पुरानो कीर्तिमान भंग गरेका छन् ।
उनले न्यूजिल्याण्डका लागि पहिलो ८ टेष्टमा सर्वाधिक विकेट लिँदै ७२ वर्ष पुरानो कीर्तिमान भंग गरेका हुन् ।
यसअघि, यो कीर्तिमान ज्याक कर्वीको नाममा थियो । उनले सन् १९७३ देखि १९४९ सम्म न्यूजिल्याण्डका लागि पहिलो ८ टेष्टमा ४१ विकेट लिएका थिए ।
ज्याकको सो कीर्तिमान जेमिसनले ७२ वर्षमा तोडेका छन् ।
उनले इंग्ल्याण्डको साउथह्याम्टनमा जारी भारतसँगको विश्व टेष्ट च्याम्पियनशिपको फाइनलको पहिलो पारीमा ५ विकेट लिँदै यो उपलब्धि हासिल गरे ।
जेमिसनले २०२० को जनवरीमा टेष्टमा डेब्यू गरेका थिए । उनले हालसम्म १५ टेष्ट पारीमै ४४ विकेट लिएका छन् ।
उनी अब न्यूजिल्याण्डका लागि पहिलो १५ टेष्टमा पारीमा सर्वाधिक विकेट लिए बलर बनेका छन् ।
साथै, जेमिसनले टेष्ट च्याम्पियनशिपमा सर्वाधिक पटक एक पारीमा ५ विकेट लिने बलरसमेत बनेका छन् । उनले ८ टेष्ट पारीमा ५ पटक ५ विकेट लिएका छन् ।
ब्याट्सम्यान बन्न चाहन्थे अलराउन्डर बने
बाल्यकालमा जेमिसनको उद्देश्य ब्याट्सम्यान बन्ने थियो । सन् २०१३ सम्म उनले तेस्रो नम्बरमा ब्याटिङ गरे ।
सन् २०१४ को यू-१९ विश्वकपमा जेमिसनलाई डेली हेड्लीले बलर बन्न सुझाव दिए । उनको सुझाव मान्दै उनले बलिङ गर्न सुरु गरे ।
जेमिसनले २०१४ को विश्वकपमा चार म्याचमा ४.५१ को इकोनमीमा ७ विकेट लिए । त्यसपछि भने उनले कहिले पनि पछाडि फर्केर हेर्नु परेन ।
२६ वर्षीय जेमिसन बलिङका साथै आक्रामक ब्याटिङ पनि गर्न सक्छन् । उनले टेष्टमा अविजित ५१ रनसमेत बनाइसकेका छन् ।
साथै, उनले प्रथम श्रेणी क्रिकेटमा पाँच अर्धशतक बनाएका छन् ।
२१७ रनमै समेटियो भारत
इंग्ल्याण्डको साउथह्याम्टनमा जारी टेष्ट च्याम्पियनशिपको फाइनलको पहिलो पारीमा भारत २ सय १७ रनमा अलआउट भएको छ ।
टस हारेर ब्याटिङको निम्तो पाएको भारतले खेलको दोस्रो दिनमा २ सय १७ रनमा अलआउट भयो । उसले पहिलो पारीमा ९२.१ ओभर मात्र खेल्न सक्यो ।
भारतका लागि उपकप्तान अजिंक्य रहाणेले ४९, कप्तान विराट कोहलीले ४४, रोहित शर्माले ३४, रविचन्द्रन आश्विनले २२, रवीन्द्र जडेजाले १५, चेतेश्वर पुजाराले आठ र ऋषभ पन्त र इशान्त शर्माले चार/चार रन बनाए ।
बलिङमा काइल जेमिसनले पाँच, नील वाग्नरले दुई, ट्रेन्ट बोल्टले दुई/दुई र टिम साउथीले विकेट लिए ।
न्यूजिल्याण्डका लागि पहिलो पारीमा तीव्र गतिका बलर जेसिमनले उत्कृष्ट प्रदर्शन गरे ।
उनले २२ ओभरमा १२ मेडनसहित ३२ रन दिएर पाँच विकेट हात पारेका छन् । उनले विराट, रोहित, ऋषभ, बुमराह र इशान्तको विकेट लिए ।