०६ असार २०७८ | मुलुक डेस्क

प्रहरीले ज्वाला संग्रौलासहित तीनजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर टेकुले युवा संघकी केन्द्रीय सदस्य खुस्बु घिमिरेले दिएको जाहेरीका आधारमा उनीहरुलाई हिरासतमा लिएर अनुसन्धान थालेको हो ।

पक्राउ पर्नेमा कथित अभियन्ताहरु  ज्वाला संग्रौला, हिमाल उपाध्याय र शर्मिला वाइवा छन् । 

महानगरीय प्रहरी परिसर टेकुले उनीहरुलाई कुटपिट, अभद्र व्यवहार तथा प्रहरीमाथि समेत हातपात गरेको अभियोगमा कारबाही भइरहेको जनाएको छ ।


गौशला प्रहरी वृत्तको हिरासतमा ज्वालाको समूहले खुस्बुमाथि १६ जेठमा आक्रमण गरेको थियो । प्रहरीले खुस्बु र ज्वालाको समूहलाई छलफलका लागि बोलाएको थियो । तर सहमती भन्दा चर्का कुरा गर्न थालेपछि उनीहरुलाई हिरासतमा पठाइएको थियो । 

Leave a Reply

Your email address will not be published.