०६ असार २०७८ | मुलुक डेस्क
काठमाडौं उपत्यकामा जोर बिजोरका आधारमा आधारमा निजी सवारी साधन चल्ने भएका छन् । असार ८ गतेदेखि लागू हुनेगरी जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको मोडालिटी परिवर्तन गरेको हो ।
निजी सवारी साधन कार, जीप, भ्यानमा बढीमा चारजना, ट्याक्सीमा बढीमा तीनजना मात्र सवार हुन पाउने छन् । मोटरसाइकल, स्कुटी जोरबिजोर प्रणालीमा चल्नेछन् ।
सबै सवारी साधन जोर गते जोर र बिजोर गते बिजोर नम्बरका आधारमा सञ्चालन हुनेछन् । सरकारी, सार्वजनिक संस्थान, कूटनीतिक नियोग, सुरक्षा निकाय, स्वाास्थ्यकर्मी, कृषि, मल, बिउविजन, पशु चिकित्सकलगायत अत्यावश्यक सवारी साधन निर्वाध रुपमा रुपमा सञ्चालन हुनेछन् ।
सार्वजनिक तथा निजी निर्माण कार्यको लागि निर्माण सामग्री ढुवानी राति ९ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन हुनेछन् ।
पत्रकार तथा सञ्चारकर्मीले सूचना तथा प्रसारण विभागको प्रेस पासको आधारमा आवतजावत गर्ने र सूचना तथा प्रसारण विभागको प्रेस पास नभएका सञ्चारकमीृको हकमा आधिकारिक निकायमा दर्ता भएको सम्बन्धित सञ्चार गृहको परिचयपत्रका आधारमा आवत जावत गर्न सक्नेछन् ।