०५ असार २०७८ | बद्री नाथ झा | जनकपुरधाम
हिजो समाजीक संजाल र केहि ओनलाइनहरु ले प्रदेश २ का मुख्य न्यायाधिवक्ता दिपेन्द्र झा राजिनामाको विषयमा आएको समाचार प्रती
गम्भीर आपत्ति जनाएका छन् । आफुले राजिनामा दिने मुडमा वा तयारीमा रहेको भनी आएको समाचार भ्रामक रहेको भन्दै उनले आपत्ति जनाएका
छ्न ।
केही सञ्चारमाध्यममा आएको समाचारको विषयमा उनले शनिवार विहान फेसबुक मार्फत प्रतिक्रिया सार्वजनिक गरेका छन् ।मुख्य न्यायाधिवक्ता झाले सामाजिक सञ्जालमा लेखेका छन् म राजिनामा दिने मुडमा वा तयारी आदि भ्रामक समाचार मैले कतिपय ठाउँमा हेरे, यस समबन्धमा मलाई कहीँ कतै कुनै जानकारी नभएको र कसैले सोधेको वा कुरा गरेको छैन, यसकारण यस्ता समाचार कसले कुन प्रयोजनकोलागि लेखे भन्ने कुरा आफूलाई जानकारी नभएकोले खण्डन गर्दछु ।
आफु काम विशेषले राजधानी काठमाण्डौमा रहेको जानकारी दिँदै उनले विहानै आफुले यस्तो भ्रामक समाचार हेरेपछि आश्चर्यचकित भएको बताए।
बिना जानकारी कुनै कसैको चरित्र हत्या गर्नु पत्रकारिता धर्म होइन आफु सदैब पत्रकार को हक हित को लागी फडदै आएको केही ओनलाइन बिना जानकारी भ्रमक खबर छापनु पत्रकारिता धर्म बिपरित रहेकोे उनी बताए।