०४ असार २०७८ | मुलुक डेस्क

श्वासप्रश्वास र मुटुको धड्कनमा गढबढी भएपछि गतसाता ललितपुरको एक अस्पतालमा भर्ना भएका शताव्दी पुरुष सत्यमोहन जोशी आज घर फर्केका छन् ।

अस्पतालले जारी गरेको विज्ञप्ती अनुसार जोशी हिडडुल गर्न सक्ने अवस्थामा आएपछि उनलाई घर पठाइएको हो । गत जेठ २६ गते उनी १०२ वर्ष पुरा गरेका छन् । उपचारका क्रममा उनलाई कोरोना भने नदखिएको अस्पतालले जनाएको छ ।

उनलाई एण्टिवायोटिक औषधि चलाइएको थियो । उनको अहिले खानपिन सामान्य रहेको अस्पताले जानकारी दिएको छ ।


जोशीलाई एक सातापछि फेरि बोलाइएको छ । छाती रोग विशेषज्ञ प्रा.डा. मिलेशजंग सिजापतिले फलोअप परीक्षण गर्ने गरि उनलाई घर पठाइएको हो ।

ललितपुरको इमाडोस्थित किष्ट अस्पतालले जोशीको निःशुल्क उपचार गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *