
०४ असार २०७८ | मुलुक डेस्क
“महोत्तरी मनराशिसवा नगरपालिका वडा नं. २ स्थित कट्टीमा धार्मिक र सामाजिक आस्थास्वरुप दुर्गा भगवती कूलदेवी मन्दिरको निर्माण तिव्र गतिमा हुदैछ । रघुवंशी राजपुतको सामुहिक सहयोग र दानस्वरुप भव्य मन्दिरको निर्माण सम्भव भएको छ ।”
धार्मिक आस्था र सामाजिक सदभाव स्वरुप कोरोना कालमा पनि मानव समुदायको धैर्यता र विश्वासलाई मुर्तरुप दिनका लागि महोत्तरी मनरा–२ स्थित कट्टीमा मन्दिरको निर्माण हुदैछ । श्रद्धा, सदभाव र समुन्नतीको मार्गमा डोर्याउने मानव कल्याणको पहिलो खुडकिलो नै धार्मिक आस्था हो । फलस्वरुज परापूर्व कालदेखि नै धार्मिक मठ मन्दिरको निर्माण हुँदै आएको छ । यसै परम्परा अनुसार दुर्गा भगवती कूलेदवी मन्दिरको निर्माण भइरहेको छ । धर्मले मानवलाई संस्कारी एवं शिक्षित हुने अवसर प्रदान गर्दछ । ज्ञानी एवं व्यवहारिकताको कर्तव्य सिकाउँछ । संस्कृतमा एक श्लोक छ :
एको धर्मः परं श्रेयः
क्षमैका शान्तिरुत्तम ।
दुष्टिरहिंसैका सुखावहा ।।
धार्मिकता एक सर्वोच्च चिज हो, क्षमा एक सर्वोच्च शन्ति हो, ज्ञान एक सर्वोच्च संतोष हो, र परोपकार एक मात्र खुशि को । यही मर्मलाई आत्मसाथ गर्दै मन्दिर निर्माण समितिका संयोजक राकेशकुमार सिंहले थप प्रष्ट पार्दै भने, “कोरोनाकालमा पनि धार्मिक विश्वासलाई जगाँउदै हाम्रो पूर्खाको सम्पत्तिलाई मन्दिर निर्माणका लागि दान गरेका छौं । सम्पूर्ण रघुवंशी राजपुत मिलेर यो अनुष्ठानमा जग्गा लगायत लाखौं दान स्वर्फुत गरेका छन् । नगरको लागि यो गौरवको विषय हो ।” झण्डै ५५ लाखको अनुमानित लागत रहने मन्दिर निर्माणमा संयोजक सिंह लगायत रघुवंशी परिवारले करिब १५ लाख दान गरेका छन् । सिंहका अनुसार पर्यटकीय एवं धार्मिक तवरले यसको गुरुयोजना बनाउने लक्ष्य रहेको छ । नेपाल भारतको सीमा रहेकोले भारतीय श्रद्धालु उनको भनाई छ ।

कूल डेढ कठ्ठा जग्गामा निर्माण हुन लागेको यो मन्दिरमा निजि श्रोतबाट मात्रै केही दाताहरुले चन्दा रकम सहयोग गरेको बताउँछन् मन्दिर निर्माण समितिका अध्यक्ष रघुवंशकुमार सिंह । रघुवंशी परिवारको पुस्तैनी जग्गामा दुर्गाभगवती मन्दिरको निर्माण कार्य भएको हो । मूल मन्दिरको भवन लगभग निर्माण भैसकेको र अन्य भाग लगायतका काम बाँकी रहेको समेत उनले बताए । कट्टीकै अशोक मंडलका अनुसार यो पुण्यको कार्य हो । युगौं युगान्तरका लागि धर्मको प्रतिक र धरोहर हुनेछ । यसैगरी स्थानीय नेता एवं समाजसेवी अनिल सिंहले यो निर्माणले समाजमा सकारात्मक एवं सद्भावको प्रेरणा मिल्नेछ भन्नेमा विश्वस्त भएको जनाएका छन् ।

२०७७ साल मंसिरदेखि निर्माण कार्य शुरु गरिएको दुर्गाभगवती मन्दिरमा स्थानिय जनसरोकार राख्ने देखि सबैले सहयोग गरेको बताउँछन् वडा अध्यक्ष विनोद कुमार सिंह स्थानियको सहयोग संगसंगै वडाले पनि सक्ने आर्थिक र भौतिक सहयोग गर्ने उनले बताए । यसैगरी मनराशिसवाका मेयर संजयकुमार सिंहले पनि नगरमा निर्माण भइरहेको मन्दिरप्रति चासो राख्दै पालिकाले सहयोग गर्ने बताउँछन् संयोजक सिंह । संयोजक सिहंका अनुसार मन्दिर निर्माणको बृहत्तर योजना रहेकोले मेयरले यथोचित सहयोग साथै अन्य परियोजना मार्फत पनि विकास निर्माणमा साथ दिलाउने प्रष्ट पारे । संस्कृती वा शहरी मन्त्रालयमार्फत पनि मन्दिरको निर्माण एवं प्रचारमा सहयोगको पहल गर्नेमा बृहत्तर जनकपुर विकासका अध्यक्ष शालिग्राम सिहलें बताएका छन् ।

आस्था र विश्वासको प्रतिकात्म मन्दिरको निर्माण सर्वपक्षिय योगदान एवं सहयोग सराहनिय नै हो । समाजमा सद्भावको वातावरण र धर्मको जर्गेना हेतु धार्मिक कार्यहरु हुँदै जानु मानव जगतका लागि कल्याणकारी हुनेमा स्थानिय बासीहरु ढुक्क एवं हर्षित रहेका छन् ।

(स्थानिय संवाददाता रामअधार साहको सहयोगमा)