No description available.

०३ असार २०७८ | मुलुक डेस्क

प्रहरी झा महाराजगन्ज फर्किए । पालो अब ज्वाला एन्ड कम्पनीकाे जेल या सामाजिक बहिष्कार !

‘सामाजिक अभियन्ता’संग्रौलाको टोलीले प्रहरीमाथि गरेको दुर्व्यवहार रङभेदको बिरुद, बिद्यार्थी जनमत संगले कडा कार्वाहीको माग गरेका छन। बिद्यार्थी जनमत संगले प्रेस विज्ञप्ति निकालेर कडा कार्वाहीको माग गरेको हो ।

सामाजिक सञ्जाल ट्विटरमा अहिले प्रहरीमाथि रंगभेदका शब्द प्रयोग गरेर अपमान गरेको भिडियो भाइरल भएको छ। ४५ सेकेन्ड लामो सो भिडियोमा प्रहरीमाथि रंगभेदी व्यवहार गरेको प्रष्ट देखिन्छ, सुनिन्छ। भिडियोमा आफूलाई ‘सामाजिक अभियन्ता’ दाबी गर्नेहरुले प्रहरीलाई नियम सिकाउन प्रयत्न गरेका छन्।

भिडियोमा देखिन्छ- ‘(इन्सपेक्टरलाई देखाउँदै) उहाँजस्तो हुनुस्। त्यही भएर उहाँको पोजिसन यो छ। हामीलाई पनि कारबाही गर्नुपर्‍यो तर, हामी उहाँलाई यहाँ बस्नै दिँदैनौं। सरुवा एनिहाउ हामी गर्छौं, त्यति हो।’ विज्ञप्तिमा भनेको छ ।

भाइरल भिडियोमा,त्यसपछि प्रहरीलाई उहाँको नाम के हो भनेर सोधेको सुनिन्छ। प्रहरीले जवाफ दिन्छन्, ‘मेरो मणिकान्त झा।’ त्यसपछि सुनिन्छ, ‘तपाई मधेसी, अब उता मधेसतिर जाउ खेती किसानी गर्नु। ट्राफिकको जागिर खाएर काम छैन। आफ्नै घरतिर सजिलो पनि हुन्छ।’ भिडियोमा देखिन्छ- काँधमा इन्सपेक्टरको फुली लगाएका प्रहरीले हात जोड्दै बिदा माग्छन्।

कानुन पालना गराउन बसेका अर्थात् कानुन उल्लघंन गर्नेलाई कारबाहीको दायरामा ल्याउन खटिएका प्रहरीमाथि, त्यो पनि प्रहरी कार्यालयभित्रै बर्दीमा रहेका प्रहरीमाथि रंगभेदी व्यवहार भएको भिडियो सार्वजनिक भएको घटना प्रती विद्यार्थी जनमत संघको गम्भीर ध्यानाकर्षण भएको छ।आफनै प्रहरी कर्मचारीमाथी प्रहरी कार्यालय मै पसेर एक मधेशी प्रहरीलाई यस किसिमको गाली बेज्जती र अपमान गर्दा पनि चुई नबोल्ने नेपाल प्रहरी कस्ता हुन ? बरु कार्वाहीको सटा धम्की दिए अनुसार नै उल्टै त्यो प्रहरीलाई सरुवा गर्नु आफैमा हास्यास्पद कुरा हो भने प्रहरी संगठन भित्र पनि विभेद रहेको कुरा प्रष्ट हुन्छ। समाजिक अभियन्ता हु भन्दैमा जे पनि गर्न वा भन मिल्छ र ? कदापी होईन । विज्ञप्तिमा छ ।

२४ घण्टा भित्र कार्वाही नभए थप संघर्षका कार्यक्रमहरु सार्वजनिक गरि आन्दोलनमा जाने चेतावनी समेत दिएको विज्ञप्तिमा उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *