१ असार २०७८ | बद्री नाथ झा | महोत्तरी

तस्करसँग सेटिङ्ग गरेर पैसा लिएको भिडियो खिच्दा पत्रकारलाई प्रहरीले गरे दुुर्व्यवहार

महोत्तरीको औरही नगरपालिका वडा ४ मा रहेको कठुधार अस्थायी प्रहरी चौकीमा कार्यरत प्रहरी जवान रामविश्वास साहले घुसलिईरहेको समयमा पक्राउ परेका छन ।सोमबार सम्सीबाट बर्दिवासतर्फ जादै गरेको आराध्या ब्रदर्श बर्दिवासको मार्बल बोकेको ओभरलोड भएको भारतीय नम्बरप्लेटको ट्रक आरजे ०५ जिवि ५९९७ चेकचाजको क्रममा साहले पच्चास रुपैया लिदै गरेको अवस्थामा न्यूज ट्वान्टिफोर र टल्कनेपाल टेलिभिजन र रेडियो रुपान्तरणका टिमले रंगेहात पक्राउ गरेका छन ।

पक्राउमा परेका साहलाई लिएको रकमको बारेमा सोधपुछ गर्दा पत्रकार न्यूज ट्वान्टिफोरका पत्रकार ललन मण्डललाई धक्का दिई लसारपसार गरि क्यामरा समेत खोस्न प्रयास गरि पैसा फालेर प्रहरी चौकी भित्र भागेको थिए । पैसा दिने मोटरसाईकल चालक प्रदेश नम्बर २ ०२००१ प. सवारले आफुले भन्सार कटाएर ल्याए पनि खाजा वापत खर्च दिनु भन्दा आफुले पच्चास रुपैया दिएको उनले पत्रकारहरु गुुनासो सुुनाए ।

पैसा दिने मोटरसाईकल सवार गाडीको साँचो र मोटरसाइकल प्रहरी चौकीमा जिम्मा लगाई कानुन अनुसारको कार्वाही गरेर मात्र छाड्ने प्रहरी सहायक निरीक्षकले प्रतिवद्धता जनाए । महोत्तरीमा बेलाबखतमा प्रहरीलाई जनताको सेवक मानिने प्रहरीले पटक पटक घर प्रयोजनकालागी भारतबाट आउने मोटरसाईल, अटो र अन्य सवारसँग पैसा लिदै आएको रहस्य खुल्नमा आएको छ । स्थानीयहरु प्रहरीको डरले क्यामराको अगाडी बोल्न नचाहे पनि प्रत्तिक्रिया लिने क्रममा स्थानीयले बताएकाछन् ।

महोत्तरीमा अधिकांश प्रहरी चौकीहरुले तस्करसँग सेटिङ्ग गरेर अवैध सरसमानको तस्कर समेत गरेकाछन् । महिनाको लाखौ रुपैया दिने शर्तमा मात्र तस्करलाई मालसमान ल्याउन प्रहरीले अनुमति दिने काम समेत गरेका स्थानीले बताए ।पत्रकारले यो सव भिडियो खिचेको देखाउदा पत्रकार संग कठुधार अस्थायी प्रहरी चौकीका प्रहरी प्रमुुख शिब राज ठाकुुरले माफी मागदै पैसाको प्रलाभन दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *