३१ जेष्ठ २०७८ | राम अधार साह

प्रदेश नं २ को महोत्तरी जिल्लामा मुख्यतः विगत तीन चार महिनादेखि डकैती र लुटपाट सहित तस्करी, हत्या, अपराध र टुर्घटनाको ग्राफ बढ्दै गइरहेका छ । मनरासिशवा नगरपालिका लोहरपट्टी गौशला, सम्सी, बर्दिबास जलेश्वर लगायतका ठाउँमा यस्ताखाले गतिबिधि अझ तिब्र हुदै गएकोमा ठाँउ ठाँउका स्थानिय जनताहरु त्रसित एवं भयभित बनेका छन् । यद्यपी स्थानिय प्रशासन मौन छ । प्रहरी संयन्त्र मुकदर्शक बनेको छ ।

हालै लोहरपट्टीमा डकैतीको क्रममा लाखौंको लुटपाट गर्दै एक महिलामाथि गोली नै प्रहार गरी डाकाहरु फरार भए । मनराशिसवा वडा नं.१ मनरामा गत शनिवार तीन घरमा डकैती हुँदा हजारौं नगद, लाखौंको सुनचाँदी तथा दुई महिला र एक वृद्ध पुरुषमाथि निर्घात कुटपिट भएको थियो । दुई माहिना अगाडी साँढामा एक परिवारका ३/४ सदस्यलाई धारिलो हथियार प्रयोग गरी मरनाशन्न कुटेर लाखौको गहना र नगद लुटेका थिए । यसैगरी मनराशिसवा नगरपालिकाभित्र मात्र मनरा, कट्टी, भोलही साँढा, इटहर्वासहित जिल्लाको दर्जनौं ठाउँमा डकैती, लुटपाट र चोरीको घटना भएको छ । लाखौं लुटियो लगातार कति कुटियो तर प्रहरी प्रशासन मौन छ । अपराधी समातिएन, समातिए पनि छोडियो । अपराध निरन्तर जारी नै छ । जनधनको क्षति लगातर छ ।

दर्जनौं केस स्थानिय र जिल्लामा जाहेरी हुन्छ तर छानविनको नाममा नतिजा शून्य छ । अनेकौं बहानामा अपराधीलाई मुक्त गरिन्छ । आर्थिक र राजनैतिक प्रलोभनमा प्रशासन र प्रहरी लिप्त भएको खबर स्रोत नखुलाउने शर्तमा ठाउँ ठाउँका स्थानियहरुले खुलस्त पारेका छन् । यर्थात पनि हो, अपराध हुन्छ तर अपराधी समातिदैन अथवा समातिए पनि कसरी छुटछ त ? प्रश्नले संसयको वातावरणलाई हावा भरेको छ ।

केही छिटपुट अपराधि नसमातिएको होइन तर पनि अपराधमा कमी आएको छैन् । महोत्तरीका प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले भर्खरै मनरासिशवा नगरपालिका वाट ६ जना शंकास्पदसहित ३ वटा गाडी पक्राउ परेको जानकारी समेत गराए । संवादको क्रममा उनले अपराध र अपराधिलाई समात्ने विभिन्न कोणबाट अध्ययन भई रहेको बताए । डकैती लगायत तस्कर र बदमासलाई यथासके पक्राउ गर्ने जनाएका छन् । खुल्ला सिमानाका र आफन्तहरूको कारणले अपराधि पक्राउ गर्न सहज नभएको बताउँछन । मनरा प्रहरी पोष्टले पक्राउ पारेर बुझाएको नेपाली शंकास्पद चार जनालाई सामान्य वार्निङ दिएर छोडेको बताए । महोत्तरी सितापुर भंगहाका सुभाष कुमार राउत, शिवकुमार राउत, कमलेश राउत र अमित कुमार शर्मालाई छाडेको बताए । साथै दुइवटा मोटरसाइकल पनि छाडेको बताए । यसैगरी मध्यरातमा बाटोमा मदिरापान गरिरहेका तीन भारतीयलाई अझ रिहा गरेको छैनन् । मोहन कुमार, पिन्टु कुमार र रंजन मंडल गरी तीनजना सिमापारी भारत सिरसियाको रहेको खुलासा भएको छ ।

विगत हप्तादेखि स्थानिय युवाहरुको गस्तीकै काराण मनरा नगरपालिकामा पडौल, सितापुर भंगहा भारत सिरसियाका यी युवाहरूलाई मध्यरातमा समाउन सकेको बताउँछन् मनराका प्रहरी सहायक निरीक्षक सेख जियाउल हक । उनीहरू समात्दा कूनै किसिमको हातहथियार र अन्य शंकास्पद सामाग्री फेला नपरेको पनि उनले बताए । यद्यपी लकडाउनको समयमा आन टेस्ट चारचक्कासहित दुई मोटरसाइकलमा सवार भई मनरामा फेला पर्नु आफैंमा शंकास्पद रहेको उनले स्विकारे ।पाँचजनाको टोली अपुग भएको भन्दै स्थानिय निकायको सिफारिसमा जिल्लाबाट थप चारजनाको दरबन्दी थपिएको मेयर संजयकुमार सिंहले जनाएका छन् । स्थानियको भनाइलाई उद्धत गर्ने हो भने प्रहरी र प्रशासन दुवै जनधनको सुरक्षाभन्दा ब्यापारी र तस्करहरुसंग राती राती पैसा असुल्नमा व्यस्त रहेको गुनासो गर्दछन् ।

स्थानिय प्रशासन र निकाय सक्दो झंझटमा पर्न चाहदैन भने प्रहरी आफ्नै गोजी भर्न र जिम्मेवारी जति जिल्लामा थुपार्न चाहेको नियती र ब्यवहारले प्रष्ट देखिन्छ । जनताको करले र सहयोगले चलेको प्रशासन र प्रहरीले बेलैमा होस खुल्न जरुरी छ की जनता र देशप्रतिको चेत खुलोस । अन्यथा भ्रष्टाचार र गैर जिम्मेवारीपनको पर्दाफास हुनेछ भन्ने स्थानियको आक्रोश र चेतावनी रहेको प्रष्टै पाइयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *