३१ जेष्ठ २०७८ | मुलुक डेस्क

कैलालीमा खुकुलो बनाउँदै निषेधाज्ञा थप गरिएको छ। प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रशाद रिजालले असार ७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेका हुन्।

परिमार्जित निषेधाज्ञाअनुसार अत्यावश्यक सेवा प्रवाह गर्ने सरकारी कार्यालय, संस्थानबाहेक अन्य सरकारी कार्यालय र सार्वजनिक निकायको सेवा बन्द रहनेछ। वीमा, बैंक तथा वित्तिय संस्थाको सेवा विहान ८ बजेदेखि १२ बजेसम्म सञ्चालन गर्न पाइने, सभा, सम्मेलन, गोष्ठी, तालीम, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहरी, क्लब स्विमिङ पुल, पार्क, सैलुन, जिमखाना भने सञ्चालन गर्न पाइनेछैन्।

यस्तै खाद्य सामाग्रीका पसलहरु, निर्माण सामाग्री, हार्डवेयर, इलेक्ट्रोनिक्स, भाडा वर्तनका पसल, पुस्तक पसल, कपडा तथा फेन्सी पसल, टेलरिङ सेन्टर, विहान ६ बजेदेखि ११ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ । वर्कसपहरु विहान ८ बजेदेखि साँझ ६ बजेसम्म, होटल, रेष्टुरेन्ट, खाजा तथा चिया पसलहरु बन्द रहनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *