३० जेष्ठ २०७८ | मुलुक डेस्क

ओली सरकारबाट भर्खरै बाहिरिएका पूर्व स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी देश र जनताप्रति बढी नै चिन्तित देखिएका छन् । पदमुक्त मन्त्री त्रिपाठी आइतवार गृह जिल्ला नवलपरासी भ्रमणमा आएका हुन् । दलहरू बीच देखिएको विभाजन र शत्रुततापूर्ण व्यवहारले संविधान समाप्त हुने अवस्थामा जानु देशकै लागि खतरा भएका बताएका छन् ।

संविधानको ब्याख्या गर्ने अदालत नै हो । तर हरेक घटनापश्चात घटनाक्रमलाई लिएर अदालतमा पुग्नु भनेको राजनीतिक दल र नेतृत्वको असफलता हो । “उनले अभिव्यक्त गरे । संसद पुनर्स्थापना र मन्त्रिमण्डल पुनर्गठन लगायत समसामयिक राजनीतिक विषय अदालतको हातामा पुग्नु शुभ संकेत होइन । वर्तमान राजनीतिक अवस्थालाई उनले ब्लेडको संज्ञा दिए । अहिलेको राजनीति ब्लेड जस्तो छ । जाने बाल (कपाल) काट्छ, नजाने गाल (गाला) काट्छ । तसर्थ दलहरु सचेत भएर अगाडी बढ्ने संकेत पनि गरे ।

६२ वर्षिय त्रिपाठी नेपाली राजनीतिका माहिर र परिपक्क राजनीतिज्ञ हन् । नेपालीे राजनीतिमा युवा अवस्था देखिनै शक्ति र सत्तामा रहदै आएका त्रिपाठीको राजनीतिक सफर कम्युनिष्टबाट शुरु भई सद्भावना, तमलोपा हुदैं स्वतन्त्रसम्मको रहेको छ । यद्यपी उनी एमालेको चुनाव चिन्ह सुुर्यवाट गत निर्वाचनमा विजय प्राप्त गरेका हुन । आफनो छुटै दल खोल्ने अभियानमा लागेका त्रिपाठीलाई प्रधानमन्त्री केपी ओलीले चालाकीपुर्ण तरिकाले पदमुक्त गराउन सफल भएका हुन् । उनीभन्दा जुनियरलाई मन्त्रिमण्डलमा उपप्रधानमन्त्री नियुक्त गर्न साथ उनले मन्त्रीपद छाडेका थिए । उनले बाहिर जतिसुकै स्वेच्छाले भने पनि दबाबमा मन्त्री पद छाडेका हुन अथवा छोड्न लगाइएको थियो ।

संविधानको रक्षार्थ संसद पुर्नस्र्थापना हुनुपर्ने संकेत त्रिपाठीले घाइते संविधानलाई संसदले मात्र मलमपट्टी लगाउन सक्ने जिकिर पनि गरे । अहिलेको जटिल परिस्थितीलाई जनताले हेरिरहेको समेत बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *