जेष्ठ २९, २०७८ | बद्री नाथ झा | जनकपुर

नेकपा एमालेका प्रदेश सभा सदस्य मञ्जु यादवले प्रदेश २ मा महिलालाई मन्त्री नबनाएको प्रति आक्रोश पोखेका छन उनी आज नीति तथा कार्यक्रममाथि शनिबार भएको छलफलमा प्रदेश सभाको बैठकमा आफ्नो धारणा राख्दै सांसद यादवले महिलालाई मन्त्री नबनाएकोमा आक्रोशीत बनेकी छिन् । निति तथा कार्यक्रममाथि शनिबार भएको छलफलमा प्रदेश सभाको वैठकमा उनले आफ्नो स्पष्ट पारिन ।

महिलालाई ५० प्रतिशत आरक्षण दिने घोषणा भएको प्रदेशमा महिलालाई नै पछाडि पार्न खोजिएको बताउँदै उनले भनिन, ‘के यो प्रदेश सभामा महिला छैनन् ? के सक्षम महिलाहरू यहाँ हुनुहुन्न ? आज महिला सांसदलाई मन्त्री पदबाट वञ्चित कुन नीतिको आधारले गर्नुभो ?’

सांसद यादवले सत्तापक्ष र प्रतिपक्षले महिलालाई बाइकट गरेर चल्न नमिल्ने बताउँदै दलित सशक्तीकरण भनेर ५० प्रतिशत महिलाको कोटा सुरक्षित गरिएको कुरा कागजमै सीमित रहेकोप्रति दुःख व्यक्त गरिन् ।

उनले प्रश्न गर्दै भनिन्,‘हामी कहिलेसम्म मुख बाँधेर बस्ने ? के मधेशका महिलाहरु गुलामी गर्नका निम्ति राजनीतिमा आएका हुन् ? यही दिन हेर्नलाई हामी महिलाहरु मधेश आन्दोलनको समयमा सडकमा निस्केका थियौं ?’ सांसद यादवले पुरुष सांसदप्रति लक्षित गर्दै भनिन्, ‘तपाईंहरुलाई थोरै पनि लाज लाग्दैन, महिला बिहिन मन्त्री मण्डल कसरी गठन गरियो ?’

सांसद यादवले नीति तथा कार्यक्रम र बजेट मात्रै पास गरेर जनताको समस्याबाट पञ्छिन नमिल्ने बताउँदै जनताको समस्याको विषयमा सत्तापक्ष र प्रतिपक्ष दुवैलाई संवेदनशील बन्न आग्रह समेत गरिन् । साथै महिला बिना घर, समाज र संसार पनि चल्दैन् । तर प्रदेश २ मा सरकार चाँहि चलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *