
२९ जेष्ठ २०७८ | मुुलुक डेस्क
राउटेहरु आफूलाई बोटको राजा र गैह्र राउटेलाई कोटको राजा भन्न रुचाउँछन् । त्यही भएर यिनिहरुको आफ्नै साम्राज्य छ । आफ्नै कानून छ । आफ्नै भेषभुषा, संस्कार, चलन, खानपान, रहनसहन र संस्कृती छ । राउटै नेपालको एक लोपोन्मुख जाति वा समुदाय हो । नेपालको पश्चिमि भेग बसोबास गर्ने यो समुदायको विशेष थलो कर्णाली हो । जंगलको राजा राउटेले फिरन्ते जीवन विताँदै आएका छन् ।

पैसा छुँदा पाप लाग्छ भन्ने मान्यता बोकेका राउटेहरु अन्य समुदायसंग घुलमिल हुन चाँहदैनन् । २०६८ सालको जनगणनामा ६५० जना राउटेको संख्या रहेकोमा हाल घटेर १३८ जनामा सिमित भएको छ । भिन्नै परम्परा र रीतिरिवाज रुचाउने यो जातिको बासस्थान जंगल नै हो । आफ्नो समुदायको मान्छेको मृत्युभएमा बसिरहेको स्थानमा उक्त शव गाडेर अर्को स्थानमा बसाई सर्ने राउटे अहिले चर्चाको केन्द्र विन्दुमा छ । राउटे समुदायका दुई युवतीमाथि भएको यौन दुव्यवहारको अश्लिल भिडियो सार्वजनिक भएसंगै भय र बबाल मच्चिएको छ ।

राउटे भित्रको कठोर कानुनलाई देशको संविधान र कानुनभन्दा ठूलो कानुन मानिन्छ । मुखिया वा सरदारको आदेशलाई सर्वोपरी ठान्दछन् । आइतबार भिडियो भाइरल भए पछि बस्ती सिल गरिएको छ । २२ जनाको प्रहरी टोलीद्वारा प्रदेश सरकारले सुरक्षा मुहैया गराएको छ । घटनामा परेकी पीडित युवतीहरु सम्झना (२० वर्ष) र गाजलु (२३ वर्ष) अविवाहित हुन् । १४÷१५ वर्ष मै विवाह हुने राउटे समुदायमा युवाको अभावमा उनीहको विवाह भएको छैन् । पीडितले विवाह र न्यनय पाउने कुरा त पर जाओस उल्टै उनीहरुको ज्यान आफ्नै समुदायको मुखियाबाट जोखिममा परेको देखिन्छ ।

राउटे रिवाज
राउटेहरु कर्णाली प्रदेशका दैलेख, सुर्खेत लगायतका जिल्लाका वन जंगलमा फिरन्ते जीवन विताउँदै आएका छन् । फिरन्ते जाती राउटेलाई सरकारले लोपोन्मुख जातीमा सूचीकृत गरेको छ । राउटेको आफ्नै धर्म र संस्कार छ । जंगली युगको ज्यूँदो इतिहासका रुपमा राउटे अझ पनि नेपाली समाजमा जिवन्त छन् । आफ्नै नियम कानुन छ । आफ्नै समुदायमा मात्र घुलमिल हुन्छन् । समुदायभित्रको स्त्री एवं पुरुष गैर समुदायसंग उठबस गर्दा मृत्युदण्ड दिइन्छ । परम्परादेखि आफ्नै संस्कारको पालना गर्दै आएका छन् । उनीहरु आफ्नो समुदायभित्रै पकाएको खानेकुराहरु खाने चलन छ । उहीहरुको प्रिय भोजन लंगुर र बाँदरको मासु हो । बास बसेको ठाउँमा कसैको मृत्युभएमा अर्को ठाँउमा बसाई सर्ने प्रथा छ । सिलाएका कपडा नलगाउने, आफ्नै समुदायमा भित्र बोलचाल गर्ने, विवाह गर्ने रिवाज रहेको छ । रास्कोटी, सुर्यवंशी र कलेल ठकुरी गरी तीन गोत्रमा विभाजित छन् । छोरी जन्मदै को संग विहेबारी भन्ने पनि टुंगो त्यतिबेलै लगाँछन् । र ११÷१२ वर्षपश्चात उसै संग गर्ने चलन छ । श्रीमान वित्दा अर्को विवाह गर्न पाइदैन ।

घटनाक्रम :
सुर्खेतको गुर्भाकोट नगरपालिका–११ आँपसोती जनैघाट (भेरी नदी किनारा) मा बस्दै आएका राउटे समुदायका दुई युवतीमाथि स्थानिय तीन युवाहरुले यौन दुव्र्यवहार गरेको भिडियो भाइरल भएपश्चात घटनाले चौतर्फी तुल समातेको देखिन्छ । सम्झना र गाजलु नामक युवतीलाई मदिरा सेवन गराई होटलमा लगि अनैतिक (यौनजन्य) कार्य गर्दै गरेको भिडियो बनाई सार्वजनिक गरेका छन् ।
गुर्भाकोटस्थित मेहेलकुना होटलका संचालक २९ वर्षिय विनोद पुन, गुर्भाकोट–९ का ३५ वर्षिय दमनबहादुर घर्ती र २४ वर्षिय भुपेन्द्र बुढालाई २३ गते आइतबार प्रहरीले पक्राउ गरेको छ । समग्रमा राउटे समुदाय अहिले पिडामा छ । मुखिया सुर्यनारायण शाहीले थाहा पाएमा दुवै महिलाको ज्यान जान सक्छ । हाल राउटे वस्ती प्रहरीको निगरानीमा छ । युवतीलाई प्रलोभनमा पारी उक्त घटना घटाइएको ठम्याई राष्ट्रिय मानव अधिकार आयोगको छ ।

आफ्नै समुदायमा रमाउने राउटेभित्र अन्य समुदायको आँखा पर्नु स्वाभाविक हो । मान्छे मान्छेसंग संगत हुनु नैसर्गिक हो । सुचना संचारको अपार युगमा मोबाइल मानवको प्रमुख अंग वा प्राण हो नै बनेको छ । सामाजिक संजालका एप्सहरुले जीवनलाई एकांकी बनाए पनि मनोरनात्मक र रोचक पारेको छ । हो । यही मोवाइल यो वस्तीमा पनि पस्यो । थाहा नदिई सुटुक्कै । युवा अभावको कारण सानैमा विहे हुनु पर्ने सम्झना गाजलु जवान भइसक्दा पनि अविवाहित छिन् । बाहिरी संसारको प्रवेशसंगै मोवाइलको मज्जा र आनन्दमा रंगनि पुगे । फेसबुक, टिकटक, युटयुबमा झुम्मिन थाले मस्त अनि विन्दास सम्झना र गाजलु । विगत केही महिना देखि उनीहरु समाजिक संजालमा भाइरल हु्न थाले । सुन्दर, मनमोहक र उन्मुक्त युवतीहरु हजारौका लागि चर्चा र आकांक्षाको विषय बन्न पुगिन् ।

हुन पनि हो । सौन्दर्य र सोझापनले आधुनिकतालाई तान्न थाल्यो । एकलपन र एक्लो समुदायकी सम्झना र गाजलु बाहिरी तड्कभडकमा झुम्न र आर्कषितको होडबाजीको खेल । घुलमिल हुने अवसर । अनेकौं उपाय र अवसरको खेल । राहत र भिडियो बनाउने नाममा बस्तीमा निर्वाध प्रवेश हुन थाल्यो । काम गरेर खाने समुदायलाई पैसा र मदिराको चस्का लगाए । युवतीहरुसंग दुव्र्यवहार गर्न थालियो । फोटोहरु धमाधम सार्वजनिक लिन थाले । यस्तै यस्तै घटनाको परिणामस्वरुप तीन यौन पिपाशुले आफ्नो प्यास निर्बेधिको रसपान गरेर मेटाउन खोजे र समातिए । घटना जेष्ठ २१ गते बोटे चौर बजार घुम्न आउँदा ती दुई युवतीलाई होटलमा लगेर मदिराको नशामा लठ्ठ बनाएर गलत हर्कत गरेको थियो ।

संसय र प्रयास:
आफ्नै नियमकानुनमा चलने भएको राउटेले उक्त दुई युवतीलाई घटना थाहा भए पश्चात मार्न सक्छ । बाहिरी दुनियाको हावा लागेकोले थप विद्रोह वा मानव वस्तीमा युवतीको प्रवेश पनि हुन सक्छ ।
प्रहरी, प्रशासन र अभियन्ताले वस्ती सिल गरेको छ । युवतीद्वयको स्वास्थ्य परिक्षणको प्रबन्ध मिलाएको छ । मुखियासंग निरन्तर संवादमा छ । यद्यपी सरकाद्वारा राउटेको लागि विशेष कानुन ल्याउनु पर्यो। सुरक्षा र संरक्षणको अचित व्यवस्थापन गर्नु पर्यो । परम्परा र रितीरिवाजको जर्गेनासंगै जीवन यापनको उचित प्रबन्ध गर्नु पर्यो । समाजको सम्बन्ध र दायरा फराकिलो पार्ने व्यवस्था गर्दै सुविधा मुहैया गराउनु पर्यो । जंगली जीवन्त जातीलाई राष्ट्रको धरोधर मान्दै सम्मान र संवद्र्धन गर्नु पर्यो ।
