२८ जेष्ठ, २०७८ | मुलुक डेस्क
फिल्मी पात्र झै लाग्ने कल्पनाभन्दा पनि पर कलाकार निशा घिमिरेको अवस्था नाजुक छ । एउटा दुर्घटनाले निशाको संसारै फेरिएको छ । जादुको छडीजस्तो कल्पना नै गर्न नसक्ने उल्टो र गम्भिर मोडमा छिन मोडल निशा ।
नेपाली र भोजपुरी कलाकारितामा सफलताको उचाई प्राप्त गर्न तम्तयार निशाले अनेकौं म्युजिक भिडियो, लोक दोहोरी र फिल्ममा अभिनय गर्न सफल रहेकी छिन् । भोजपुरी फिल्म “मधेसी पुत्र २ ” मा सफल अभिनय गरेकी २४ वर्षिया निशाले “डियर जिन्दगी” टेलिश्रृंखला लगायतमा दमदार प्रस्तुती दिएकी छिन् । सानु मायाँ हाँसेर बोल, ट्याक्सी मोटर कार, आज निष्ठुरीको फोटो जस्ता करिब दुई दर्जनभन्दा बढी म्युजिक भिडियोमा मोडलिङ गरेकी छन् ।
अभिनय र कलामा निखार ल्याउने सोचले डिप्लोमा कोर्सका लागि साढे दुई वर्ष अघि भारतको देहरादुन पुगेकी निशा महिना दिन पश्चात नै कार दुर्घटनामा परी गम्भीर घाइते भएकी थिइन् । दुर्घटनापश्चात केही समय भारतमै उपचार गराएर नेपाल ल्याइएको निशा अचेत अवस्थामा छिन् । बोल्न र हिड्न नसक्ने उनको ६५ के.जीको शरीर अहिले २० के.जी तौलको मात्र छ । कुनै बेला धपक्क बल्ने अनुहार र मस्त एवं आकर्षक जिउडाल अहिले सुकेको अस्तिपञ्जर तथा कुपोषणले ग्रसित बृद्धाको जस्तो देखिन्छ ।
ललितपुरको मध्यवर्गीय परिवारकी निशाको उपचारमा तीस लाखभन्दा बढी खर्च भैसकेको परिवारले बताउँछन् । आर्थिक र परिवारिक अवस्थाले उपचार सम्भव नभएपछि सहयोगको अपिल गरेका छन् । नवजीवन परोपकार समाजका सञ्चालक दुर्गानाथ दाहालले घिमिरेको दर्दनाक र पिडायुक्त फोटो एवं जानकारी फेसबुकमार्फत सार्वजनिक गरे लगतै सबैको चासो र ध्यान पुगेको हो । समाचार माध्यमबाटै जानकारी पाएकी नर्भिक अस्पातालकी प्रबन्ध निर्देशक मेघा चौधरीले निशाको सम्पूर्ण उपचार आफ्नै अस्पतालमा निशुःल्क गराउने गरी भर्ना गराएकी छिन् ।
विहिबार अस्पताल भर्ना गरिएको निशाको अवस्था खतरामुक्त रहेको भएतापनि आवस्यक अपचार एवं सही रेखदेख नभएकोले शरीर कमजोर भएको डा. ले बताएका छा् । प्रारम्भिक जाँचको क्रममा उनमा नशाको समस्या देखिएको अस्पतालले जनाएको छ । चिकित्सकका अनुसार उनको अवस्था सुधार हुने अपेक्षा गरिएको छ ।
कोभिड महामारीमा मानवजीवनको अन्त्य अचानक शुरु भएको विश्वजगतले आभाष गरेको छ । कला, शिक्षा लगायतका क्षेत्र त धारासायीको नजिक पुगेको देखिन्छ । तसर्थ राज्य र जनता मिलेर यसको सामना गरौं । पुनः निशाको जस्तो दयनिय अवस्था कसैको नआवोस् । कला जगतले थप उत्तरदायित्वको वहन गरोस । एक अर्काको प्रति सद्भाव र चासो निरन्तर कायम रहोस् ।