२५ जेष्ठ, २०७८| बद्री नाथ झा |जनकपुरधाम

जनता समाजवादी पार्टी नेपाल उपेन्द्र यादव समूह र नेपाली काँग्रेसबीच सत्ता सहकार्यका लागि सहमति नजिक पुगेको छ ।प्रदेश २ मा जसपा उपेन्द्र गुट नेतृत्वको सरकारमा काँग्रेस र माओवादी केन्द्र सहभागी हुने भएको छ।सहमति अनुसार काँग्रेसले तीन र माओवादी केन्द्रले दुई मन्त्रालय लिएर सरकारमा सहभागी हुने उपेन्द्र गुटका एक सभासद ले मुलुक टाइम्स लाई बताए।

प्रदेश २ सरकारमा १० वटा मन्त्रालय मध्य पाँचवटा मन्त्रालय जसपाले राख्ने र बाँकी पाँच वटामा तीनवटा काँग्रेस र दुईवटा माओवादी केन्द्रले पाउने सहमति भएको छ।भोलि साँझ सम्म नवनियुक्त मन्त्रीको शपथ कार्यक्रम हुन सम्भावना रहेको छ।

Leave a Reply

Your email address will not be published.