
२५ जेष्ठ २०७८ | बद्री नाथ झा| जनकपुर
पुर्व रा.ज.पा अहिले को ज.स.पा महन्थ ठाकुर गुटले काँग्रेसलाई मुख्यमन्त्री दिन सकिने बताएका छन। मुख्यमन्त्री लिएर रोजेको मन्त्रालय दिन आफू त्यार रहेकोे पुर्व मन्त्री सोनल प्रस्ताव गरेको पार्टी का एक नेताले मुलुक टाइम्स लाई बतायो ।
महन्थ ठाकुरले अहिलेको समीकरण भत्काउने उद्देश्यले जसपा, काँग्रेस र एमाले मिलाएर सरकार बनाउन दौडधूप थालेका छन्, जसमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीसमेतले चासो देखाएको महन्थ निकट नेताहरु बताउँछन् ।
महन्थ ठाकुरको पक्षमा २० सांसद छन् । एमालेका ओली र माधव दुबै समूहका २१ जना सांसद छन् । एमाले र ठाकुर पक्षको जोड्दा ४१ पुग्छ, जसमा बहुमतका लागि १४ जना थप्नुपर्ने हुन्छ । यो अवस्थामा काँग्रेसले साथ नदिएसम्म ठाकुर पक्ष र एमालेको वैकल्पिक सरकार बन्न सक्दैन ।
केन्द्रमा उपेन्द्र यादव पक्ष काँग्रेससँग मिलेकाले प्रदेश २ मा एमालेसहितको गठबन्धनमा काँग्रेस सहभागी हुने सम्भावना कमै रहेको नेताहरुको विश्लेषण छ ।
तथापि यो गठबन्धन निर्माणको गृहकार्यमा निवर्तमान मन्त्री जितेन्द्र सोनल लागिपरेका छन् । उनले काँग्रेसका नेताहरुसँग सम्पर्क गरी छलफललाई अगाडि बढाएको स्रोतले जनायो ।जसपाको उपेन्द्र यादव पक्ष र नेपाली काँग्रेसबीच काठमाडौँदेखि जनकपुरसम्म पटक–पटक वार्ताहरु भएका छन् । सहमति जुटाउनका लागि दुवैतर्फबाट तीन–तीनजना गरी ६ जनाको कार्यदल गठन भएको छ ।
काँग्रेसले मुख्यमन्त्री वा मन्त्रिपरिषद्मा ५० प्रतिशत हिस्सा मागेको छ । तर, जसपाले मुख्यमन्त्री दिन नसकिने र अहिलेलाई दुईटा मन्त्रालय लिएर सरकारमा सहभागी हुन काँग्रेसलाई आग्रह गरेको छ ।
शनिबारदेखि जसपा अध्यक्ष यादवको उपस्थितिमा सुरु भएको वार्तामा काँग्रेसले सरकारमा ५० प्रतिशत हिस्सेदारी चाहिने अडान राखेको छ । यही विषयमा कुरा नमिल्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेको उपेन्द्र गुटका एक नेता बताए।