प्रतिगमनको पक्षधरहरुलाई मन्त्रीपरिषदबाट हटाइएको प्रबक्ता यादब

२४ जेष्ठ, २०७८ | बद्री नाथ झा | जनकपुरधाम


प्रदेश नं २ का आन्तरिक मामिला तथा कानुन मन्त्री र सरकारका प्रवक्ता समेत रहेका ज्ञानेन्द्र कुमार यादवले केन्द्रमा गरेको नौटंकीको प्रभावका कारण प्रदेश २ मा घटेको घटनाको कारक रहेको वताएका छन ।

उनले जनता समाजवादी पार्टी का नेताहरुले प्रतिगमनको पक्षमा लागेका र पदलोलुप्ताका कारण सरकारमा सामेल भएर प्राप्त उपलव्धीलाई समाप्त पार्ने खेलमा लागेका र उनीबाट प्रभावीत भएका केहि प्रदेशसभा सदस्य र केहि मन्त्रीले ग्रुपीगं गर्न सुरु गरेपछि प्रतिगमनमा लागेका केहि मन्त्रीहरुलाई मन्त्रीपषिदबाट बाहिर गरेको वताए । गुटउपगुट लगायतका कार्यहरु गर्दै आएकोले कारवाही स्वरुप चारजना मन्त्रीलाई हटाएको वताए । उनले मधेश आवाजलाई प्रतिक्रीया दिदै वरखास्ती गरिएको चारवटै मन्त्री सरकारमा सामेले भए देखिनै कुनै काम गर्न नसकेकोले त्यस्ता मन्त्रीहरुलाई सरकारले कारवाही गरेको समेत वताए ।

कांग्रेस र माओवादीलाई सरकारमा सामेल गराउन लागीएको प्रश्नमा मन्त्री यादवले अग्रगमनसंग लागेका सवैपक्षसंग सहकार्य गर्न तयार रहेको वताए । अग्रगमनमा लाागेका नेपाली कांग्रेस,माओवादी अथवा अन्यपक्षसंग पनि सहकार्य गर्न तयार रहेको वताउदै उनले यसकालागि छलफलहरु भइरहेको वताए ।

जनता समाजवादी पार्टी नफुटने समेत उनले दावी गर्दै केहि असन्तुष्ट तथा प्रतिगमनकारीहरु आफै अलग हुने समेत दावी गरे । यता यस विषयमा जनता समाजवादी पार्टी महन्थपक्षका संसदीय दलका नेता जितेन्द्र सोनलसंग प्रश्न गर्दा उनले अहिले आफु केहि बोल्ने अवस्थामा नरहेको र पहिलो विरोध स्वरुप आज बस्ने भनिएको प्रदेश सभा वैठक वहिष्कार गर्ने समेत वताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *