२४ जेष्ठ २०७८ | बद्री नाथ झा | जनकपुरधाम


जनता समाजवादी पार्टी महन्थपक्षका प्रदेश नं २ का सांसदहरुले प्रदेशसभाको वैठक वहिष्कार गरेका छन ।

आइतवार रातीमा जसपाका उपेन्द्रपक्षले आफुखुसी चारवटा मन्त्रीलाई वरखास्त गरेपछि त्यसैको मौन विरोध जनाउदै सोमवार दिउसो २ बजे वस्ने प्रदेश नं २ को प्रदेशसभा वैठक वहिष्कार गरेको बुझीएको छ ।

जनता समाजवादी पार्टीका संसदीय दलका नेता जितेन्द्र सोनलले मुलुक टाईमस कुराकानी गर्दै आइतवार रात्री भएको घटना विषयमा आफनो कुनै टिप्पणी नरहेको वताउदै आज वस्ने भनिएको वैठकमा आफुहरु सहभागी नहुने वताए ।

यता मन्त्री पदबाट वरखास्त गरिएको समाचार आएपछि आजै विहान सांसद जितेन्द्र सोनलले प्रदेशले उपलव्ध गराएको सवै सुविधा छोडेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *