२३ जेष्ठ, २०७८ | बद्री नाथ झा | जनकपुरधाम
जनता समाजवादी पार्टी नेपाल (जसपा) महन्थ ठाकुर पक्षका नेताले प्रदेश नम्बर २ मा पार्टीको संसदीय दलको नेता चयन भएको बारेमा अनविज्ञता जनाएका छन् ।
पार्टी अध्यक्ष उपेन्द्र यादव पक्षले आइतबार जसपा प्रदेश नम्बर २ को संसदीय दलको नेतामा मुख्यमन्त्री लालबाबु राउत गद्दीलाई चयन गरेको छ । यादव पक्षले बहुमत सदस्यको बैठकले राउतलाई संसदीय दलको नेतामा चयन गरेको बताएपनि ठाकुर पक्षले भने यसबारे जानकारी नरहेको प्रतिक्रिया दिएको हो ।
प्रदेश नम्बर २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले मुख्यमन्त्री राउतलाई संसदीय दलको नेता चयन गरेको बारेमा आफूलाई कुनै जानकारी नरहेको बताए । सोनलले राउतलाई संसदीय दलको नेता चयन गरिए कुरा आफुलाई सञ्चारमाध्यमबाट जानकारी भएको प्रतिक्रिया दिए । उनले यस बारे आधिकारिक जानकारी आफुहरुलाई अहिलेसम्म नआएको बताए ।