२३ जेष्ठ २०७८ | बद्री नाथ झा | जनकपुरधाम
बिगत लामो समयदेखि “राज संस्था एवं हिन्दु अधिराज्य पुनःस्थापना” लगायतका बिभिन मागहरु राखी चरणबद्ध आन्दोलनरत जनतान्त्रिक तराई मुक्ति मोर्चाले जारी राष्ट्रवादी आन्दोलनलाई निर्णायक बनाउन “राष्ट्रिय नागरिक संवाद अभियान” लाई निरन्तरता दिंदै आफ्नो संगठन विस्तार कार्यलाई युद्ध स्तरमा अगाडी बढाएको देखिन्छ ।
यसैक्रममा मोर्चाले पदिय जिम्मेवारीका साथ मधेशमा युवा नेतृत्वलाई अगाडी सार्दै निर्णायक आन्दोलनको तैयारी थालेको बुझिदैछ । आज फेरी जनतान्त्रिक तराई मुक्ति मोर्चाका राष्ट्रिय अध्यक्ष एवं राष्ट्रिय नागरिक आन्दोलन तथा राष्ट्र बचाउ अभियानका राष्ट्रिय संयोजक डा. मनोज मुक्ति “विवेक” (डा. मनोज कुमार झा) ले एक प्रेस वक्तव्य जारी गरि विभिन्न समाजसेवी एवं क्रान्तिकारी राष्ट्रवादी बिचारधाराका युवाहरुलाई मोर्चाको नेतृत्व तहमा मनोनीत गरिएको जनाएका छन । डा. मुक्ति द्वारा जारी प्रेस वक्तव्यमा भनिएको छ ।